site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब अनलाइनबाटै कम्पनी दर्ता गर्न सकिने, लगानी बढ्ने अपेक्षा
SkywellSkywell

काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयले सफ्टवेयर फेर्ने तयारी गरेको छ । नयाँ सफ्टवेयर आगामी असोज १५ गते सार्वजनिक गर्ने गरी तयारी भइरहेको कार्यालयका उपरजिस्ट्रार तथा सूचना अधिकारी शेखरबाबु कार्कीले जानकारी दिए ।

उनका अनुसार कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटो, छरितो, विश्वसनीय र प्रविधिमैत्री बनाउन नयाँ सफ्टवेयर सञ्चालन गर्न लागिएको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत ‘आन्तरिक तथा बाह्य लगानी प्रवर्धन’का लागि कम्पनी दर्ता सुधार गर्ने बताएको थियो ।

KFC Island Ad
NIC Asia

बजेटको ७० नम्बर बुँदामा भनिएको छ, “अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाइने छ ।”

सरकारले बजेटमार्फत घोषणा गरेको नीति कार्यान्वयन गर्न तथा कम्पनी रजिस्ट्रारलाई प्रविधिमैत्री बनाउन नयाँ सफ्टवेयर प्रयोगमा ल्याउन लागिएको कार्यालयले जनाएको छ । नयाँ सफ्टवेयर सञ्चालनमा आएसँगै कार्यालयले दिँदै आएको सेवामा गुणात्मक सुधार अपेक्षा गरिएको छ । 

Royal Enfield Island Ad

“हामीले असोज १५ मा नयाँ सफ्टवेयर सार्वजनिक गर्दै छौँ । त्यसैको तयारीमा छौँ । सबै काम अन्तिम चरणमा पुगेको छ,” कार्कीले बाह्रखरीसँग भने ।

कम्पनी दर्ता अनलाइनबाटै

नयाँ सफ्टवेयर सञ्चालनमा आएसँगै अनलाइनबाटै कम्पनी दर्ता गर्न सकिने छ । अनलाइनबाटै कम्पनी दर्ता गर्दा कार्यालयमा हुने भिड हट्ने अपेक्षा गरिएको छ । 

यद्यपि, अनलाइनबाट सेवा लिने वा भौतिकरूपमा कागजात पेस गरेर सेवा लिने भनेर विकल्प पनि दिइने छ । अर्थात्, भौतिकरूपमा कागजात पेस गरेर पनि कम्पनी दर्ता गर्न सकिने छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro