site stats
बाह्रखरी :: Baahrakhari
कला
 ‘मायावी’मा मुख्य अभिनेता सुशील सिटौला

काठमाडौं । सुशील सिटौला निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्न लागेको चलचित्र ‘मायावी’मा अनुवन्धित भएका छन् ।

निर्देशक भट्टराइले सुशीललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको बताएका छन् । 

निर्देशक भट्टराइले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार चलचित्र निर्माणको घोषणा गरेका थिए ।

भट्टराई स्वयंको कथा रहेको चलचित्रमा अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईं मुख्य कलाकारको रुपमा फाइनल भैसकेका छन् ।

चलचित्र असोज २ गतेबाट फ्लोरमा जानेछ । 
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्