site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फ्रिडम फाइटर्स ‘बी’ले जित्यो कीर्तिपुर भेट्रान्स फुटसलको उपाधि

काठमाडौं । कीर्तिपुर भेट्रान्स फोर्टीप्लस ओपन फुटसल प्रतियोगिताको उपाधि फ्रिडम फाइटर्स ‘बी’ ले जितेको छ । 

शनिबार भएको फाइनलमा फ्रिडम फाइटर्स ‘ए’ लाई २–१ ले हराउँदै फ्रिडम फाइटर्स ‘बी’ प्रतियोगिताको च्याम्पियन बनेको हो ।

Dabur Nepal
NIC Asia

कीर्तिपुर भेट्रान्स क्लबले आयोजना गरेको प्रतियोगितामा ३० टीमको सहभागिता थियो । कीर्तिपुरस्थित एसएस कृनगर फुटसलमा प्रतियोगिता शुक्रबार र शनिबार गरी दुई दिन सञ्चालन भएको थियो । 

प्रतियोगितामा पहिलो हुने टिम फ्रिडम फाइटर्स ‘बी’ का खेलाडी र पदाधिकारीलाई वाग्मती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरेका थिए । 

फ्रिडम फाइटर्स ‘बी’ ले उपाधिसँगै ५० हजार र उपविजेता फ्रिडम फाइटर्स ‘ए’ ले २५ हजार रुपैयाँ, प्रमाणपत्र, मेडल र ट्रफी पाए ।

प्रतियोगितामा फ्रिडम फाइटर्स ‘बी’ का कमल विष्ट उच्च गोलकर्ता, फ्रिडम फाइटर्स ‘ए’ का राजकुमार घिसिङ उत्कृष्ट खेलाडी र बाखत फुटसलका धनबहादुर पुन उत्कृष्ट गोलकिपर घोषित भए । उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान दुई हजार ५०० रुपैयाँ पुरस्कार पाए ।

पुरस्कार वितरण समारोहमा बोल्दै वाग्मती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले यस्ता खेलकुद कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए । उनले खेलकुदलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro