site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाईगोरु र राँगाभैँसीको संख्या घट्यो
फाइल तस्बिर ।

काठमाडौं । नेपालमा गाईगोरु र राँगाभैँसीको संख्या घटेको छ ।

‘सातौँ राष्ट्रिय कृषिगणना २०७८’ का अनुसार गाईगोरु र राँगाभैसीको संख्यासँगै पालकको संख्या पनि घटेको हो ।

पछिल्लो दशकमा नेपालमा १७ लाख आठ हजार कृषकले ४५ लाख ५९ हजार गाईगोरु पालेका छन् । छैटौँ गणना २०६८ मा २२ लाख ८१ हजार कृषकले ६४ लाख ३० हजार गाईगोरु पालेका थिए ।

यस्तै, राँगा र भैँसीको संख्यासँगै पालकको पनि संख्या घटेको छ । २०७८ को तथ्यांकअनुसार १४ लाख १७ कृषकले २९ लाख २३ हजार राँगाभैँसी पालेका छन् ।

यसअघि २०६८ को गणनामा १६ लाख ६९ हजार कृषक परिवारले ३१ लाख ७४ हजार राँगाभैँसी पालेका थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro