
काठमाडौं । वात्सल्य क्लिनिक आईभीएफले सातौँ वर्षमा प्रवेश गरेको छ । वात्सल्य आईभीएफले तीनहजार भन्दा धेरै दम्पतीलाई आईभीएफ विधिमार्फत सन्तान प्राप्तिको खुसी दिएको कम्पनीले जनाएको छ ।
कम्पनीले हरेक महिना करिब ६० देखि ७० प्रतिशतसम्मको आईभीएफ सफलता दर निरन्तर हासिल गर्दै आएको बताएको छ ।
यस क्लिनिकमा अहिलेसम्म सातहजार भन्दा अधिक दम्पतीले सन्तान लाभ (तीनहजार बढीले आईभीएफ, १८ सय बढीले आईयूआई, २२ सय बढीले नेचुरल प्रेग्नेन्सी) गरिसकेको वात्सल्यका कार्यकारी प्रमुख प्रशान्त सुवेदीले बताए ।
“निःसन्तान दम्पतीलाई मानसिक, आर्थिक, मनोवैज्ञानिक, सामाजिक लगाएत विभिन्न तनावले भरिएको हुन्छ । त्यसैले उपचारको आधुनिक पद्धतिसँगै पारिवारिक वातावरण र सहजता जस्ता विशिष्ट अनुभव प्रदान गर्दा उच्च सफलता हासिल भएको यहाँका विज्ञहरूको अभुव छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ, “क्लिनिक भित्रको सकारात्मक ऊर्जाले नै सफलता पाउँछु भन्ने विश्वास जाग्छ भन्ने अनुभव कैयौं सेवाग्राहीहरू व्यक्त गर्नुहुन्छ । त्यसैले यहाँ नेपाल बाहेक पाकिस्तान, अमेरिका, जापान, अस्ट्रेलियाजस्ता अन्य मुलुकबाट पनि सेवाग्राहीहरू आउने गरेका छन् र सफलता प्राप्त गरेका छन् ।”
आधुनिक उपचारसँग सम्बन्धित मिथ्या कुराहरूबारे जनचेतना जगाउने र उच्च आईभीएफ सफलता दर प्रदान गर्ने भएका कारण नै यसले छोटो समयमा ठूलो फड्को मार्दै आफ्नो सेवा नक्साल बाट भक्तपुर र नेपालगञ्जमा पनि विस्तारसमेत गरेको छ ।
देशका विभिनन प्रमुख सहरहरूमा पनि सेवा विस्तार गर्ने योजना रहेको प्रमुख सुवेदीले बताए ।