site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तीन महिनालाई पुग्ने चामल ‘स्टक’, आपूर्तिसचिव भन्छन्– चाडपर्वमा अभाव हुँदैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन महिनाको लागि पुग्ने चामल स्टक (मौज्दात) रहेको बताएको छ । मंगलबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा आगामी तीन महिनाको लागि पुग्ने चामल मौज्दात रहेको जानकारी दिइएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले अत्यावश्यक वस्तुहरू (चामल, नुन, चिनी, तरकारी) लगायतका खाद्य पदार्थ आगामी तीन महिनासम्म पुग्ने गरेर स्टक रहेको जानकारी दिए ।

मन्त्रालयका अनुसार कम्पनीसँग हाल एक लाख ३१ हजार ४९.२९ क्विन्टल चामल स्टक छ । सुगमका जिल्लाहरूमा ४४ हजार ६८२.६ क्विन्टल, दुर्गम जिल्लाहरूमा १४ हजार ४८२.६१ क्विन्टल र बोलपत्र माध्यमबाट खुला बजारबाट ७२ हजार ६८४ क्विन्टल चामल स्टक छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, चार हजार ६६२.९५ क्विन्टल धान स्टक छ भने ३४ हजार ३२० क्विन्टल गहुँ भारतबाट आयात हुने मन्त्रालयले जनाएको छ । “आजको दिनबाट चामल आयात नभएको खण्डका पनि आगामी तीन महिनालाई पुग्ने चामल स्टक छ । चाडपर्वमा खाद्यान्न अभाव हुँदैन,” सचिव मरासिनीले भने ।

तिब्बतको केरुङ नाका हुँदै हुम्लाको यलवाङ बिक्री केन्द्र र सिमिकोटमा चार हजार क्विन्टल चामल ढुवानी भएको सचिव मरासिनीले बताए ।

Global Ime bank

सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि मोटा धान प्रतिक्विन्टल तीन हजार १९८ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल तीन हजार ३६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ ।

समितिमा बोल्ने सांसदले अत्यावश्यक खाद्यान्न भारतबाहेक तेस्रो मुलुकबाट पनि आयातको लागि पहल गर्नुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले खाद्यान्न आपूर्तिको लागि भारतबाहेक अरु देशसँग पनि पहल गर्नुपर्ने बताए ।

साहले अहिले नेपालबाट भारततर्फ धान निर्यात भइरहेको र चामल आयात भइरहेको बताए । धान निर्यात रोकेमा चामलको आपूर्ति सहज हुने समेत उनले बताए ।

नेपाली कांग्रेसकी सांसद कान्तिका सिजुवालले पनि हरेक वर्ष कर्णाली र सुदूरपश्चिममा खाद्यन्न संकट हुने गरेको भन्दै त्यसलाई समाधान गर्नुपर्ने बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय