site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फोहर व्यवस्थापन तीनै सरकारको साझा दायित्व : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार उनले काठमाडौंको फोहर व्यवस्थापन, दीर्घकालीन समाधान र सरकारका तर्फबाट चाल्नुपर्ने कदमबारे छलफल गरेका हुन् ।

बैठकमा फोहरको दीर्घकालीन समाधानका विविध पक्षबारे सहभागीले आफ्नो धारणा राखेका थिए । बैठकमा बन्चरेडाँडाको फोहर व्यवस्थापन, स्थानीय प्रभावित नागरिकले उठाएका माग, डम्पिङ साइडका लागि जग्गा खरिदलगायत विषयमा छलफल भएको थियो । यसका लागि उच्चस्तरीय संयन्त्र र सोका निम्ति कानुनी प्रबन्ध आवश्यक रहेकामा जोड दिइएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले आउँदो मन्त्रिपरिषद्को बैठकबाट देशभरिको फोहर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन सहरी विकास मन्त्रालयको हुने गरी ठोस निर्णय गरिने जानकारी गराए ।

उनले भने, “संघीय सरकार काठमाडौं उपत्यकालगायत देशभरिको फोहर व्यवस्थापनका निम्ति गम्भीरतापूर्वक लागिरहेको छ । त्यसका लागि मन्त्रिपरिषद्को बैठकबाट ठोस निर्णय गर्नुपर्दछ । आउँदो मन्त्रिपरिषद् बैठकमा देशभरिको फोहर व्यवस्थापनको कार्यादेश सहरी विकास मन्त्रालयलाई दिने गरी निर्णय लिन्छौँ ।”

उनले फोहर व्यवस्थापन संघीय, प्रादेशिक र स्थानीय सरकारको साझा दायित्व भएकामा जोड दिए । यसको दीर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेशसहितको कानुनी व्यवस्था र संयन्त्र निर्माण गरिने उनले उल्लेख गरे । त्यसका लागि ठोस गृहकार्य गर्न समेत निर्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डले आमन्त्रण गरेको छलफलमा सहरी विकासमन्त्री सीता गुरुङ, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवद्वय एकनारायण अर्याल र मणिराम गेलाल, सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठ, लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत वसन्त अधिकारी, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीलगायत प्रतिनिधि उपस्थित थिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro