site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विष्णुपुर गाउँपालिकाका अध्यक्ष र लेखापालसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

मंगलबार अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएका अर्का दुई व्यक्तिमा सोही गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्रकुमार यादव छन् ।

अख्तियारले उनीहरूसँग पाँच लाख रुपैयाँ बिगो दाबी गरेको छ । उनीहरूलाई अख्तियारको टोलीले केही दिनअघि सेवाग्राहीबाट घुसबापत लिएको दुई लाख रुपैयाँ नगद र तीन लाखको बैंक चेकसहित नियन्त्रणमा लिएको थियो ।

विष्णुपुर गाउँपालिकामा सोलार बत्ती जडान कार्यलगायत आयोजनाको कार्य सम्पन्न गर्दा उनीहरूले सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro