site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अर्ना बियरबाट कुशल भुर्तेलले पाउने भए दुई लाख ७५ हजार रुपैयाँ, अरूलाई कति ?

काठमाडौं । एसिया कपमा भारतविरुद्धको ब्याटिङमा राम्रो प्रदर्शन गर्ने नेपाली खेलाडीहरूले अर्ना बियरबाट साढे आठ लाख रुपैयाँ पाउने भएका छन् ।

यती ब्रेवेरीको उत्पादन अर्ना बियरले एसिया कप–२०२३ अन्तर्गत भारतविरुद्धको खेलमा नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत एक–एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो । यस्तै, अर्नाले प्रत्येक चौकामा २५ हजार रुपैयाँ प्रदान गर्ने बताएको थियो ।

Dabur Nepal
NIC Asia

घोषणाबमोजिम ब्याटिङमा पाँजना खेलाडीले आठ लाख ५० हजार रुपैयाँ पाउने अर्नाले जनाएको छ । जसअनुसार कुशल भुर्तेलले दुई लाख ७५ हजार रुपैयाँ पाउने छन् । आसिफ शेखले दुई लाख, गुल्शन झाले ७५ हजार, दीपेन्द्रसिंह ऐरीले ७५ हजार र सोमपाल कामीले दुई लाख २५ हजार रुपैयाँ पाउने भएका हुन् । 

सोमबार टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको छ । जवाफी ब्याटिङमा उत्रिएको भारतले २.१ बलमा १७ रन बनाएको छ । तर, त्यसपछि वर्षाका कारण रोकिएको खेल अझै सुरु भएको छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २१:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro