site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल र भारतबीचको खेल हेर्न कति नेपाली गए श्रीलंका ? 
Tiktok banner adTiktok banner ad

काठमाडौं । एसिया कप–२०२३ यही भदौ १३ गतेदेखि जारी छ । यसपटकको एसिया कप पाकिस्तान र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेका छन् ।

गएको बुधबार एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तानले प्रतिस्पर्धा गरेका थिए । त्यो खेल पाकिस्तानको मुल्तानमा भएको थियो । नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भयो ।

नेपाली राष्ट्रिय क्रिकेट टिम एसिया कपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेल खेल्न अहिले श्रीलंकामा छ । सोमबार (भोलि) श्रीलंकाको क्यान्डीमा नेपाल र भारतबीच खेल हुनेछ ।

नेपाल र भारतबीचको खेल हेर्न आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने श्रीलंकातर्फ लागेका छन् । क्रिकेटप्रेमी अरू केही व्यक्ति पनि खेल हेर्न नेपालबाट श्रीलंका गएका छन् ।

नेपाल र भारतबीचको खेल हेर्न कति नेपाली श्रीलंका गएका छन् त ? त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख रामबन्धु सुवेदीले बाह्रखरीसँग भने, “खेल नै हेर्न कति गए हामी भन्न सक्दैनौँ, तर पछिल्ला दिन श्रीलंकामा कतिजना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गए भन्ने भन्न सक्छौँ ।”

सुवेदीका अनुसार भदौ १ गतेयता ३१५ नेपाली श्रीलंका गएका छन् । तीमध्ये २५१ पुरुष र ६४ महिला छन् ।

गएको साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ३५१ नेपाली श्रीलंका गएका थिए । यसरी जानेमा २०५ पुरुष र १४६ महिला थिए ।

साउन एक महिनामा श्रीलंका गएका जति संख्या भदौ सुरु भएयताको १६ दिनमा गएको देखिन्छ । साउनमा औसतमा दैनिक १०.९६ नेपाली श्रीलंका गएका थिए । भदौमा दैनिक श्रीलंका जानेको संख्या औसतमा १९.६८ छ । साउनको तुलनामा भदौमा श्रीलंका जानेको संख्या ह्वात्तै बढेको छ ।

“भदौमा श्रीलंका जाने सबै नेपाल र भारतबीचको खेल हेर्नकै लागि गएका हुन् भन्न सकिन्न । तर, केही गेम हेर्न गएका हुन् भन्न सकिन्छ,” सुवेदीले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro