site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
थिमिमा देखाइयो मल्लकालीन भैरव नाच
Sarbottam CementSarbottam Cement

काठमाडौं । भक्तपुरको थिमिमा मल्लकालीन भैरव नाच (भैलः प्याखँ) देखाइएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि चार रात प्रदर्शन हुने मल्लकालीन यो नाच थिमिको ऐतिहासिक नाच मानिन्छ ।

मौलिक एवं पौराणिक महत्त्व बोकेको प्राचीन भैरव नाच भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितीया)देखि पञ्चमीसम्म चार दिन मध्यपुर थिमि नगरको टोल टोलमा प्रदर्शन गरिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भैलः प्याँख प्रदर्शनका लागि अनिवार्य रूपमा विभिन्न शास्त्रीय तथा तान्त्रिक विधि पूरा गर्नुपर्ने स्थानीय संस्कृतिविद्हरुको भनाइ छ । मध्यपुर थिमि क्षेत्रमा तीन ठाउँबाट भैरव नाच निकाल्ने परम्परा छ ।

थिमिमा राक्षस, भूतप्रेतले दुःख दिएका कारण भैरवको साधना गरेर भैरव नाच निकाल्ने किंवदन्ती रहेको थिमि भैलः चपाचो २०८० व्यवस्थापन समितिका संयोजक चन्द्रकृष्ण प्रजापतिले जानकारी दिए । उनले कला संस्कृति जोगाउन युवाहरुबाट सहयोग प्राप्त भएको बताए ।

Global Ime bank

थिमिको लायकूबाट निकाल्ने नाचलाई लायकू भैलः भनिन्छ भने थिमिकै तुलननी र नासननीबाट निकाल्ने नाचलाई थिमी भैलः भनिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय