काठमाडौं । एसिया कप–२०२३ मा पाकिस्तानका कप्तान बाबर आजमले नेपालविरुद्ध १५० रन बनाएका छन् ।
मुल्तान क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको पाकिस्तानबाट तेस्रो क्रममा आएका बाबरले १२९ बलमा १४ चौका र चार छक्कासहित १५० रन पूरा गरे । बाबरले दोस्रो पटक १५० रन बनाएका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बाबरको यो १९औँ शतक हो ।
जारी खेलको ४१ ओभर समाप्त हुँदा पाकिस्तानले चार विकेट गुमाएर ३१३ रन बनाएको छ । पाकिस्तानका लागि बाबरले १५० रन जोड्दा क्रिजमा रहेका इफ्खिर अहमेदले ८७ रन बनाएका छन् ।
कुनै समय २५–२ को कठिन अवस्थामा रहँदा बाबरले मोहम्मद रिजवानसँग ८६ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङ उकासेका थिए । रिजवान ४४ रनमा आउट भएका थिए ।
त्यसपछि १२४–४ को अवस्थामा बाबरले इफ्तिखर अहमेदसँग १८९ रनको साझेदारी गर्दै पाकिस्तानलाई बलियो योगफलतर्फ अग्रसर गराइरहेका छन् ।