काठमाडौं । जनकपुर उपमहानगरपालिकाले एसिया कप–२०२३ मा हुने नेपाल र पाकिस्तानबीचको खेल हेर्न विद्यालयहरुमा बिदा दिने निर्णय गरेको छ ।
उपमहानगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै दिउँसो ३ बजेपछि सुरु हुने नेपाल र पाकिस्तानबीचको खेलका लागि सामूदायिक र निजी विद्यालय विद्यालयहरुलाई बिदा दिन आग्रह गरेको छ ।
“एसिया कपमा सहभागिता जनाउनु तथा भारत र पाकिस्तानजस्ता शक्तिशाली टिमसँग खेल्नु सबै नेपालीका लागि गौरवको विषय भएकाले आज हुने नेपाल र पाकिस्तानबीचको पहिलो खेलमा हाम्रो टिमको हौसला बढाउन र विद्यार्थीमा खेलप्रतिको भावना जगाउन २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगर्न अनुरोध छ,” जनकपुर उपमहानगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल र पाकिस्तानबीचको खेल मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालामा दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ । खेलका लागि नेपाल र पाकिस्तान दुवै टिम मुल्तान रंगशाला पुगिसकेको पाकिस्तानी सञ्चारसंस्थाहरुले जनाएका छन् ।