site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
संयुक्त राष्ट्रसंघले आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाले परमाणु परीक्षणको विरुद्धमा अन्तर्राष्ट्रिय दिवस मनाउनका लागि उच्चस्तरीय बैठक बसेको छ ।

मंगलबार संयुक्त राष्ट्र महासभाका अध्यक्ष क्यस्बा कोरोसीको अध्यक्षतामा बसेको बैठकले आणविक हतियारले ल्याएको विश्वव्यापी प्रकोपबारे चेतावनी दिँदै परमाणु परीक्षणको विरुद्धमा अन्तर्राष्ट्रिय दिवस मनाउनुपर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

संयुक्त राष्ट्र महासभाको ७७औँ सत्रका अध्यक्ष कोरोसीले आणविक हतियारको प्रयोगले धेरै समस्याहरु उत्पन्न भइरहेको बताउँदै विश्वव्यापी प्रकोपको नजिक विश्व रहेको बताए । आणविक हतियारका कारण डरलाग्दो घटना हुनसक्ने चेतावनी दिँदै उनले आणविक हतियारमा सर्त लगाएका मानव जीवन संकटमा पारेको बताए ।

कोरोसीले आणविक हतियारको निरन्तर आधुनिकीकरणमा लगानी र मानवताको लक्ष्य, आकांक्षा र सम्झौतासँग मेल नखाने बताए । यसलाई रोक्नका लागि सबै एक ठाउँमा आएर आणविक हतियारको प्रयोग कम गर्दै जानुपर्ने उनले बताए । विश्वले आणविक हतियारको बढ्दो प्रयोग गर्नु मानवीय संकट उत्पन्न हुनु रहेको उनले बताए ।

Global Ime bank

अन्तर्राष्ट्रिय दिवस मनाउने बारेमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आणविक परीक्षणमा कानुनी रुपमा बाध्यकारी प्रतिबन्ध आणविक हतियारमुक्त संसारको लागि आधारभूत कदम हुने बताए ।

व्यापक आणविक परीक्षण प्रतिबन्ध सन्धि (सीटीबीटी) अझै लागु नभए पनि यो दिवसले सकारात्मक सन्देश जाने उनले बताए । सीटीबीटी सेप्टेम्बर १९९६ मा संयुक्त राष्ट्र महासभाले पारित गरेको थियो । तर अहिलेसम्म लागु भएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement