site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर लगानीकर्ता निराश देखिए, साढे ८६ करोडको सेयर कारोबार

काठमाडौं । मंगलबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५.०५ अंक घटेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि सुस्ताएको छ ।

मंगलबार कारोबार खुलेको पहिलो एक घण्टाको अवधिमा झिनो अंकले उकालो लागेको बजार त्यसपछि भने दिनभरि नै घटेको थियो ।

तर, अन्तिम दुई मिनेटमा भने बजारमा लगानीकर्ता सक्रिय जस्तो देखिएका छन् । अन्तिम दुई मिनेटमा बजार १९८९ विन्दुबाट चार अंक बढेर १९९३.४२ विन्दुमा बन्द भएको छ ।

पछिल्ला दिनमा सेयर बजारमा कारोबार घट्न थालेको छ । यस दिन ८६ करोड ५१ लाख रुपैयाँ सेयर खरिद–बिक्री भएको छ । सोमबार पनि एक अर्बभन्दा कम मूल्यको सेयर खरिद–बिक्री भएको थियो । सोमबार ९८ करोड ८६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक सर्वाधिक वृद्धि हुनेमा म्युचुअल फन्ड, लगानी, निर्जीवन बिमा र व्यापार समूह रहेको छ । सर्वाधिक परिसूचक घट्नेमा होटेल समूह रहेको छ । यो समूहको परिसूचक ०.६३ प्रतिशत घटेको छ ।

यस दिन सर्वाधिक कारोबार रकममा बजार हिस्सा ओगट्नेमा माछापुच्छ्रे बैंक लिमिटेड रहेको छ । यो बैंकको तीन करोड ६२ लाख रुपैयाँका सेयर कारोबार भएको हो ।

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८४ रुपैयाँ ८० पैसा वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro