site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाकिस्तानतर्फ उडे सन्दीप
तस्बिर : फेसबुकबाट ।

काठमाडौं । एसिया कप–२०२३ का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पीनर सन्दीप लामिछाने पाकिस्तानतर्फ प्रस्थान गरेका छन् । सोमबार बिहान ११ः२० बजे कतार एयरवेजको फ्लाइटमार्फत दोहा हुँदै सन्दीप पाकिस्तान गएका हुन् ।

त्यसअघि, सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा बिदाइ गरिएको थियो ।

“पाकिस्तानतर्फ लागेँ । यसअघि पाकिस्तानमा हुँदाका अद्भुत सम्झना छन् । एसिया कपका लागि उत्साहित र उत्सुक छु । नेपाल खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ सरलाई विशेष धन्यवाद । शुभकामना दिनुहुने सम्पूर्णमा धेरै माया,” सन्दीपले फेसबुकमा लेखेका छन् ।

एक नाबालिगको बलात्कार आरोप मुद्दाको पेसी यही भदौ २१ गतेलाई तोकिएपछि सन्दीप पाकिस्तान जाने निश्चित भएको हो । उक्त मुद्दामा आइतबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’मा परेको थियो ।

गएको मंगलबार सन्दीपबाहेक नेपाली टिम एसिया कपका लागि पाकिस्तान गएको थियो । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग भदौ १३ र भारतसँग भदौ १८ गते खेल्ने तालिका छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro