साहित्य

दुई दशकयता नेपाली गजलसाहित्यमा क्रियाशील छन्, रुपक वनवासी । तनहुँका रुपक हिन्दी, उर्दु र नेपाली गजल सर्जकबाट प्रभावित भएर यता लागेको बताउँछन् ।
उनले कविता, गीत लेखे । तर, गजलले तान्यो । लेखनका हिसाबले गजल कठिन विधा भए पनि आफूलाई यसैमा आनन्द लागेको उनको भनाइ छ ।
‘अवरुद्ध गलाहरू’ (संयुक्त गजलकृति), ‘हल्का मद्यपान’ र ‘ओ इरानकी मेनका’ जस्ता कृतिका सर्जक रुपक आफूले बहरमा नभएर गैरबहरमा गजल लेख्दै आएको सुनाउँछन् ।
उनी भन्छन्, “गजलमा विवाद आवश्यक छैन ।” अर्थात्, जसलाई जसरी मन लाग्छ, त्यसरी नै लेख्न पाउनुपर्ने उनको तर्क छ ।
उनै गजलकार वनवासीसँग बाह्रखरीको यसपटकको गजल गंगामा गरिएको कुराकानी–
प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२ ०७:१७
प्रतिक्रिया दिनुहोस्