site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसिया कपका लागि तयार छु : सन्दीप लामिछाने

काठमाडौं । एसिया कप–२०२३ का लागि पाकिस्तानतर्फ उड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पीनर सन्दीप लामिछाने प्रतियोगिताका लागि आफू तयार रहेको बताएका छन् ।

“टिमले अहिले राम्रो पफर्मेन्स गरिरहेको छ । पाकिस्तानमा पनि अभ्यास गेम खेलेको थियो । म फिट छु, खेल्नका लागि रेडी छु । एसिया कपमा हामी एकदमै धेरै राम्रो गर्नेछौँ । यो हाम्रो लागि खुसीको पर्वजस्तै हो । किनभने, सधैँ यस्ता टिमसँग खेल्न पाउँदैनौँ । अब निरन्तर कसरी खेल्ने भन्ने बारेमा छलफल गर्नुपर्छ,” सन्दीपले भने ।

आज बिहान ११ः२० बजे सन्दीप कतार एयरवेजको फ्लाइटमार्फत दोहा हुँदै पाकिस्तान गएका छन् । सोमबारै सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा बिदाइ गरिएको थियो ।

एक नाबालिगको बलात्कार आरोप मुद्दाको पेसी यही भदौ २१ गतेलाई तोकिएपछि सन्दीप पाकिस्तान जाने निश्चित भएको हो । उक्त मुद्दामा आइतबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’मा परेको थियो ।

गएको मंगलबार सन्दीपबाहेक नेपाली टिम एसिया कपका लागि पाकिस्तान गएको थियो । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग भदौ १३ र भारतसँग भदौ १८ गते खेल्ने तालिका छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro