site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सन्दीपविरुद्धको मुद्दाको अर्को पेसी २१ गते, एसिया कप खेल्न भोलि पाकिस्तान जाने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी यही भदौ २१ गतेका लागि तोकिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा पर्‍यो । त्यसपछि अदालतले भदौ २१ गतेका लागि अर्को पेसी तोकेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेको छ । तर, जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा अनेक कारणले पछाडि सरिरहेको छ ।

यसअघि, निरन्तर सुनुवाइ गरी फैसला दिने भनिएकामा सन्दीपले पेस गरेको पीडित ‘गौशाला २६ (छ)’ को जन्मदर्तासम्बन्धी कागजात नक्कली रहेको पुष्टि भएको थियो । सन्दीप पक्षले नै पेस गरेको बसाइँसराइसम्बन्धी कागजमा उल्लेखित गौशाला २६ (छ) र उनकी आमाबीचको उमेरको फरक अस्वाभाविक रहेको भन्दै प्रश्न उठाइएको थियो । आमाको उमेर यकिन गर्ने आदेश भएर रोकिएको थियो ।

Global Ime bank

पेसी सरेसँगै सन्दीप एसिया कप क्रिकेट खेल्नका लागि सोमबार (भोलि) पाकिस्तान जाने भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement