site stats
बाह्रखरी :: Baahrakhari
देश
सबै कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले सबै कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गर्ने प्रक्रिया अघि बढाएको छ । सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आन्तरिक प्रक्रिया अघि बढाएका हुन् । 

सरकारको नीति तथा कार्यक्रममा राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउने विषय उल्लेख थियो ।

Argakhachi Cement Island Ad

नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था लागु गराउन मन्त्री पौडेलले नेपाल सरकारका सबै मन्त्रालय, आयोग, निकाय तथा मातहतका विभागमा पहल थाल्ने निर्णय गरेका हुन् ।

यसैगरी, प्रदेश सरकार मातहतका निकाय, विभाग तथा कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत पहल गर्ने निर्णय मन्त्री पौडेलले गरेको उनको सचिवालयले जनाएको छ । 

यस्तै, सबै स्थानीय तहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पहल गर्ने निर्णय मन्त्री पौडेलले गरेका छन् ।

मन्त्रालयले सरकारी बेतनधारीका अलवा संगठित क्षेत्रका कर्मचारीलाई समेत स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने योजना बनाएको हो । 

मन्त्रालयले गठन गरेको स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलले सबै कर्मचारीलाई स्वास्थ्य बिमामा समेट्न सुझाव दिएको थियो । यसबाट कोषमा पर्याप्त प्रिमियम हुने र कार्यक्रम दिगो कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

अब यसको कार्यान्वयनको प्रक्रिया अघि बढाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्