site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इन्टर मियामीको जितमा मेसीको गोल

काठमाडौं । लियोनल मेसीको कप्तानीमा रहेको इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा न्युयोर्क रेड बुल्सलाई २–० ले हराएको छ ।

रेड बुल्सको मैदान रेड बुल एरिनामा भएको खेलमा मियामीलाई जित दिलाउन डिएगो गोमेज र लियोनल मेसीले गोल गरे ।

Dabur Nepal
NIC Asia

३७औँ मिनेटमा गोमेजले गरेको गोलमा मियामीले पहिलो हाफमा घरेलु टिमविरुद्ध १–० को अग्रता बनाएको थियो ।

यस्तै, खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान मेसीले गोल गरेपछि मियामीले २–० को जित निश्चित गर्‍यो । मेसी ६०औँ मिनेटमा बेन्चबाट मैदान प्रवेश गरेका थिए । इन्टर मियामीका लागि मेसीले नौ खेल खेल्दा यो ११औँ गोल हो ।

जितसँगै मियामी एमएलएसको इस्र्टन कन्पेरेन्सका १४औँ स्थानमा उक्लिएको छ । मियामले २३ खेलबाट २१ अंक जोडेको छ ।

यसै समरमा मेसीलाई भित्र्याएयता इन्टर मियामीले शतप्रतिशत जित निकालेको छ । मेसीको कप्तानीमा लिग्स कपको उपाधि जितेको मियामी यूएस ओपन कपको फाइनलमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro