site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिनेमा घर एपमा ‘महापुरुष’, दुई सय तिरेर हेर्न सकिने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महापुरुष’ सिनेमा घर एपमा रिलिज भएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र अब पैसा तिरेर आफूले चाहेको समयमा सिनेमा घर एपमा हेर्न सकिनेछ । 

सिनेमा २०० रुपैयाँ तिरेर एपमा हेर्न सकिने बताइएकाे छ । ‘महापुरुष’लाई हलमा जस्तै एपमा पनि दर्शकको राम्रो साथ दिने सिनेमा घर एपका सञ्चालक खगेन्द्र लामिछानेको विश्वास छ । 

नेपालमा एपमा सिनेमा हेर्ने दर्शकको संख्या बढ्न थालेको उनको भनाइ छ । अहिले दर्शकले एपमा विभिन्न सिनेमाको डिमान्ड गर्न थालेको उनी बताउँछन् । 

गत वर्ष सिनेमाघर एपमा सिनेमा ‘कबड्डी–४’ रिलिज भएको थियो । उनले एपमा ‘कबड्डी–४’ले युट्युबमा भन्दा राम्रो कमाई गरेको बताए । 

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार ‘महापुरुष’ले घरेलु बक्सअफिसमा ७ करोड ३८ लाख ग्रस कलेक्सन गरेको थियो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro