site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् अवरोध हटाउन राजनीतिक दलहरूबीच सहमति गर्नुको विकल्प छैन : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउन राजनीतिक दलहरूबीच सहमति गर्नु बाहेकको विकल्प नरहेको बताएका छन् ।

आइतबार संसद्को अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद्को अवरोध हट्ने कुरा सुन तस्करीको छानबिन गर्नको लागि उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा अड्किएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउन सरकारलाई आदेश नदिएको आरोप लगाएको बताए । दलहरूको बीचमा समझदारीको वातावरण बन्नसके संसद् अवरोध हट्ने उनको भनाइ छ ।  

"संसद् खुलाउने प्रयास छ र खुल्नुपर्छ भन्ने मान्यता सबैको छ । खुल्ने कि नखुल्ने भन्नेकुरा समिति बनाउने कि नबनाउने भन्नेमा नै गएर अड्किने गरेको छ । दलहरूसँगै छलफल गर्ने हो, अहिले पनि दलमा छिटो समस्या मिलाउनुस् भनेको छु," उनले भने, "प्रतिपक्षले सत्तालाई तुरुन्त आदेशनिर्देश गरेर समिति बनाउन भन्ने निर्देशन दिन आफ्नो कर्तव्य निभाउनु पर्छ, सभामुख सरकारको पछिपछि हिँडेर हुन्छ, प्रतिपक्षले माग गर्नेकुरा नाजायज छ ? सरकारलाई सघाउन सरकारका अंगले ठिक गर्छन् भनेर बसेर मात्रै हुन्छ भन्ने आरोप छ । समस्याको समाधान गर्न दलहरुले वातावरण बनाउनु पर्छ, निकास दिनुपर्छ, मैले सक्दो सहयोग गरिरहेको छु ।"

सभामुख घिमिरेले संसद्को अवरोध हटाउनका लागि आफूले दलका नेताहरूसँग बसेर छलफल गरिरहेको बताए ।
 
 

 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्