site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी बने मेसी 

काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेसी विश्व फुटबलमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी बनेका छन् ।

आइतबार अमेरिकी मेजर सकर लिग (एमएलएस)को इन्टर मियामीलाई क्लब इतिहासकै पहिलो उपाधि दिलाएसँगै मेसी विश्व फुटबलमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी बनेका हुन् ।

Dabur Nepal
NIC Asia

इन्टर मियामीका कप्तान समेत रहेका मेसीले गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपमा अर्जेन्टिनालाई उपाधि सम्म डोहोर्‍याएका थिए ।

बार्सिलोना र पेरिस सेन्ट जर्मन (पीएसजी)का पूर्वखेलाडी मेसीले हालसम्म कुल ४४ उपाधि जितिसकेका छन् । मेसीले करिब दुई दशक बार्सिलोनामा बिताउँदा क्याटालन क्लबबाट ३५ उपाधि जितेका थिए ।

सन् २०२१ पछि दुई सिजन फ्रेन्च क्लब पीएसजीमा रहँदा मेसीले तीन उपाधि जिते । मेसीले अर्जेन्टिनाबाट पाँच उपाधि जितेका छन् ।

qfmg1692519757.jpg

आइतबार भएको लिग्स कपको फाइनलमा एक गोल गरेका मेसी प्रतियोगितामा कुल १० सहित उच्च गोलकर्ता बने । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि मेसी नै चुनिए ।

गएको जुलाईमा मेसीलाई दुई वर्षका लागि भित्र्याएयता इन्टर मियामीले हालसम्म शतप्रतिशत नतिजा निकालेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro