site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मेसीप्रेरित इन्टर मियामीलाई पहिलो उपाधि

काठमाडौं । अर्जेन्टिनी फरवार्ड लियोनल मेसीको कप्तानीमा मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीले क्लब इतिहासमा पहिलो उपाधि जितेको छ ।

आइतबार जियोडिस पार्कमा सम्पन्न लिग्स कपको फाइनलमा घरेलु टिम नास्भिललाई सडन डेथमा १०–९ ले हराउँदै सन् २०१८ मा स्थापना भएको मियामीले पहिलो उपाधि जितेको हो । त्यसअघि, खेलको निर्धारित समयमा १–१ को बराबरी भएको थियो ।

Dabur Nepal
NIC Asia

खेलको २३औँ मिनेटमा मेसीको गोलमा इन्टर मियामीले अग्रता बनाएको थियो । इन्टर मियामीबाट सात खेल खेलेका मेसीको यो १०औँ गोल हो । मेसीको यो गोल निर्णायक भने बन्न सकेन ।

५७औँ मिनेटमा फिफा पिकाउल्टले गोल गर्दै नास्भिललाई खेलमा फर्काएका थिए । यसपछि खेलको निर्धारित समयमसम्म दुवै टिमबाट थप गोल हुन नसकेपछि नतिजाको निर्णय सोझै पेनाल्टीबाट भएको हो । 

पेनाल्टीमा इन्टर मियामीबाट मेसी, सर्जिओ बुस्केट, लियोनार्दो क्याम्पाना, कमल मिलर, सेर्ही क्रिभ्स्टोभ, जोर्डी अल्बा, डियागो गोमेज, डेभिज रुइज, डिएन्ड्रे येडिन र ड्राक क्यालेन्डरले गोल गरे । मियामीका भिक्टर उलोअले गरेको प्रहार नास्भिलको गोलकिपरले बचाएका थिए ।

नास्भिलका ह्यानी मुख्तर, एनिबल डोडोए, वाल्कर जिमेरम्यान, साम सुरिज, साकिल मुरे, ड्यानिलय लोभिज, लुकास म्याकनटन, सियन ड्याभिस र जाकोब सफिदबर्गले गोल गरे ।

नास्भिलका र्‍यान्डल लिएल र एलिओट पिनिकोको प्रहार इन्टर मियामीका गोलकिपरले विफल बनाएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro