site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
न्युजिल्यान्ड यूएईसँग सात विकेटले पराजित
Dabur Nepal
NIC Asia

काठमाडौं । तीन खेलको ट्वान्टी–२० शृंखलाका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेको टेस्ट राष्ट्र न्युजिल्यान्डले दोस्रो खेलमा घरेलु टिमसँग सात विकेटको हार बेहोरेको छ । शनिबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको १४३ रनको लक्ष्य यूएईले १५.४ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

यूएईको जितमा कप्तान मुहम्मद वसिमले ५५ रन बनाए । वसिमले २९ बलमा चार चौका र तीन छक्का प्रहार गरे । आसिफ खानले अविजित ४८ रन थपे । उनले २९ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । भ्रित्या अरविन्दले २५, र बसिल हमेदले १२ रन बनाए ।

न्युजिल्यान्डका टिम साउदी, मिचेल स्यान्टनर र काइल जेमिसनले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेपछि ब्याटिङमा आएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४२ रनको योगफल खडा गरेको थियो ।

न्युजिल्यान्डका मार्क क्याम्पमानले ६३ रन बनाएका थिए । चाड बोवेस र जिमी निसमले समान २१ थप्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

न्युजिल्यान्डलाई सस्तैमा समेट्न यूएईका आयान अफ्जल खानले तीन विकेट लिए । मुहम्मद जवादुल्लाहले दुई विकेट लिँदा अली नासिर, जहुर खान र मुहम्मद फराजुदिनले समान एक विकेट लिए ।

यो जितसँगै यूएईले तीन खेलको शृंखला १–१ को बराबरीमा ल्याएको छ । यूएई यसअघि पहिलो खेलमा भने १९ रनले पराजित भएको थियो । यी दुई टिमबीचको अन्तिम तथा निर्णायक खेल आज बेलुका ७ः४५ बजेदेखि सुरु हुँदै छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro