site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विदेशबाट नेपाल फर्कंदा ल्याउन पाइने सुनका गहना, मोबाइलसम्बन्धी यस्तो छ अहिलेको व्यवस्था
फाइल तस्बिर ।

काठमाडौं । विदेशबाट फर्कने नेपाली यात्रीले तोकिएको मात्रामा सुनका गहना, मोबाइल र टीभी सेट ल्याउँदा यहाँ भन्सार शुल्क तिर्नु पर्दैन । त्यस विषयमा विभिन्न व्यवस्था गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

तोकिएभन्दा बढी मात्रामा त्यस्ता सामग्री ल्याउँदा नियमानुसार शुल्क तिर्नुपर्छ । भन्सार कार्यालयका अनुसार महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहनामा भन्सार शुल्क तिर्नु पर्दैन । पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन ।

यस्तै, एक व्यक्तिले (महसुल तिर्नु नपर्ने : महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामबाहेक) थप २०० ग्रामसम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाइन्छ ।

गहनाको आकार मात्र दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने सो कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार विदेशबाट फर्कने नेपालीले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार शुल्क तिर्नु पर्दैन ।

यस्तै, श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्किएका यात्रीले आफ्नो साथमा थप एकथान मोबाइल भन्सार शुल्क नतिरी ल्याउन पाउँछन् । यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी प्रक्रिया भने पूरा गर्नुपर्ने जनाइएको छ ।

श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत नेपाली यात्रीले जुनसुकै आकारप्रकारको टेलिभिजन साथमा ल्याउँदा पनि भन्सार शुल्क तिर्नु पर्दैन ।

श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्किएको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपालीले ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् ।

यसबाहेक अरू अवस्थामा सबै टेलिभिजनको नियमानुसार भन्सार शुल्क तिर्नुपर्ने कार्यालयले जनाएको छ ।

adf1692094528.jpg

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro