site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ मंसिरमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ को आयोजना गर्ने भएको छ । प्रर्दशनी आउँदो मंसिर ५ देखि १० गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने जनाइएको छ ।

सामाजिक रूपान्तरणका लागि चेतना, चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्रीको आवश्यकता महसुस गर्दै आयोजना गरिन लागेको पुस्तक प्रदर्शनीमा चीन, अमेरिका, इजिप्टलगायत दक्षिण एसिया क्षेत्रका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहने विज्ञप्तिमा उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त प्रदर्शनीमा चाइना इन्टरनेसनल बुक ट्रेडिङ कर्पोरेसनलाई विशेष रूपमा आमन्त्रण गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

करेन्ट मिडियासँगको सहकार्यमा सम्पन्न हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीहरूको आयात, निर्यात, वितरणमा सहकार्य तथा सहजीकरणको वातावरण बन्नुका साथै महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबीच शिक्षा, साहित्य, संस्कृति र सञ्चार आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको शिवसागर शर्माद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय