site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विद्यार्थी घरबाट भागेर स्कुल जाने वातावरण  बनोस् 

बालबालिका स्कुल जानै मान्दैनन् । स्कुल पठाउन निकै मुस्किल पर्छ । स्कुल जाँदा रुँदै जान्छ्न भने घर खुसी हुँदै फर्कन्छन् । अनावश्यक गृहकार्यको भारी र शिक्षकहरूको रुखो व्यवहारका कारण जान मन नलागेको हुनसक्छ । 

शैक्षिक संस्था विद्यार्थीलाई सजाय दिने ठाउँजस्तो लाग्नु हुँदैन । शिक्षकका व्यवहार र शिक्षण शैली रुचिपूर्ण हुनुपर्छ । फिल्म हेरेर सिकुन्, कार्टुन हेरेर सिकुन्, खेलेर सिकुन्, नाचेर सिकुन्, गाएर सिकुन्, भ्रमण गरेर सिकुन् ।  स्कुल जान नपाए घरमा झगडा गरुन् । 

विद्यार्थी घरबाट भागेर स्कुल जाने र अभिभावक आफ्ना सन्तान खोज्न त्यहाँ  पुग्ने परिवेश  बनाउन सक्नुपर्छ । शिक्षामा लगानी बढाए त्यसो गर्न सकिन्छ । 
शिक्षणमा गुणस्तर आओस् । पुरानो प्रणाली सुधार्ने नीति नियम बनुन् । हिजो स्वःउत्प्रेणाबाट सिकेकाहरू बूढो पुस्तामा पुगेका छन् । गुरुकुल युगको अन्त्यपछि स्कुल/ कलेज प्रवेश गरेका पनि प्रौढ भएका छन् । तिनीहरू  पनि पुरानो पुस्तामा पुगे । साठीको दशकसम्म क्याम्पसका कक्षा कोठामा अटाई नअटाई विद्यार्थी  हुन्थे । पढ्न रुचि हुनेहरू  अघिल्लो बेन्चमा बस्थे । शिक्षकका कक्षा प्रवचन सुन्थे।  बोलेका कुरा टिप्थे र नोट बनाउथे ।

Prabhu Bank
Agni Group
NIC Asia

कतिपय शिक्षकले नै नोट लेखाउँथे । नजान्ने विद्यार्थी जान्नेको नोट सार्न मरिहत्ते गर्थे । 

विद्यार्थीहले नोट घोकेर परीक्षा पास गर्थे । विकल्प थिएन । त्यसैलाई शिक्षण भनियो । शिक्षकको नोट दसौं वर्ष पुरानो हुन्थ्यो । नोट लेखाउन अल्छी गर्नेहरूले भाषण ठोकेर जान्थे । शिक्षकको स्वर मिठास र  विषय वस्तुको सिलसिला नमिल्दा सिकाई प्रक्रिया  दिक्क लाग्दो हुन्थ्यो । निद्रा आउँथ्यो।

Global Ime bank

सिकाइका लागि घोक्नु र कण्ठ गर्नु बाहेक विकल्प  थिएन। घोकन्ती विद्या भन्ने गरिन्थ्यो ।

अब घोकन्ती विद्यालाई व्यावहारिक शिक्षा  बनाउनुपर्छ । सोअनुसारका पाठ्यक्रम, शिक्षण विधि र वातावरण बनाउनुपर्छ । राज्यले यो प्रयास गरोस् । सम्भव छ।

प्रबिधिले फड्को मार्दा कालो पाटीलाई ह्वाइट बोर्ड र मार्करले विस्थापन र्‍यो । त्यसलाई पछि  स्मार्ट बोर्ड र प्रोजेक्टरले विस्थापन गरिदियो । हरेक प्रविधिले सिकाइलाई सहज बनाउँदै गए । साठीको दशकपछि हातहातमा मोबाइल र इन्टरनेट  पुग्दा अरू क्षेत्रजस्तै सिकाइमा पनि व्यापक  प्रभाव पर्‍यो । दूरदराजका गाउँलाई समेत  प्रविधिले निकट ल्यायो । किताब पढाउने, नोट लेखाउने र कण्ठ गराउने प्रचलनलाई चुनौती दियो। मल्टीमिडिया विधि र पुरानो सिकाइ विधिमा आकाशजमिन फरक छ । पुराना  पुस्ताका अभिभावक  मल्टीमिडियाबाट सिकाइ प्रभावकारी नभएको ठान्छन् ।

छोराछोरीले एउटा निवेदनसम्म लेख्न नजानेको, अनुशासन कमजोर भएको, अक्षर राम्रा नलेखेको, सामाजिकीकरण र घुलमिल क्षमतामा ह्रास आएको गुनासो गर्छन् । मल्टीमिडिया विधि  शिक्षक केन्द्रित विधिभन्दा माथि उठ्न नसक्दा पुरानो शैलीजस्तै भएको ठाछन् । 

डायरी/किताबमा भएको पुराना विषय वस्तुलाई डिजिटलाइज  गर्दा शिक्षक झन् अल्छी भए । स्लाइड देखाउनेबाहेक अरू प्रत्यन गरेनन् । विद्यार्थी उस्तै अल्छी, कपीमा  नोट बनाउनुको सट्टा डिजिटल कपी आफ्नो खातामा सार्छन् । लेख्ने, तर्क गर्ने, बहस गर्ने, वाचन गर्ने , अन्तरक्रिया र घुलमिल गर्ने  प्रयत्न गर्दैनन् । त्यस्ता सीप विकासको  सट्टा विद्यार्थीहरू अनलाइन खेलमा व्यस्त हुन्छन् । प्रबिधिको  दुरुपयोग गर्छन् । यस्ता कमजोरीलाई बेलैमा सच्याएर शिक्षण प्रणाली सुधार गरिएन भने मल्टीमिडिया सिकाइप्रति पनि प्रश्न उठछ । प्रविधिलाई  सिकाइमा सही ढंगले  प्रयोग गर्न नसकेको आरोप लाग्छ । 

अहिले स्कुल बिदा भन्दा केटाकेटीले ताली बजाउछन् । खुसी हुन्छन् । यस्का  कारण खोजी गरौँ ।

मल्टीमिडिया नाममात्रको छ । मल्टीमिडिया भने पनि  सिकाउने शैली ( विधि) पुरानै छ । नाम चलेका सार्वजनिक तथा निजी शैक्षिक संस्थाले नयाँ विद्यार्थी  आकर्षण गर्न पहिलो बुँदामा मल्टीमिडियाबाट सिकाइने उल्लेख गरेका हुन्छन् । मल्टीमिडिया विद्यार्थी आकर्षण गर्ने र अभिभावकलाई भुलभुलैयामा पार्ने  सजिला माध्यम भएका छन् ।

मल्टीमिडिया  सिकाइ प्रभावकारी बनाउने माध्यममात्र हो । कम्प्युटर प्रयोग गरेर सजिलोसँग सिकाउन सकिन्छ । चित्र कोर्नु परेन,  रहनसहन, जीवन शैली र परिवेश देखाउन स्थलगत भ्रमण गराउनु परेन, वास्तविक वस्तुको प्रतिनिधित्व गर्ने मोडेल बनाउनु परेन, भिडियोमार्फत सबै कुरा दृश्यमा  देखाउन सकिन्छ । कक्षाको वातावरण रमाइलो हुन्छ ।

थाहा नपाएका कुरा शिक्षकले भोलि भन्छु भन्नु परेन । गुगल सर्च गरेर तत्काल उत्तर दिन सकिन्छ । विद्यार्थीलाई शब्दकोष, एटलस, कपी, किताब, सिसाकलम, मसीलगायतका शैक्षिक सामग्रीको भारी  बोक्नु पर्दैन ।  सिकारुलाई नवीनतम ज्ञान, सीप र मनोवृत्ति सिकाउन सहज हुन्छ । सुगा रटाइ सिकाइ विधिलाई  विस्थापन गरी विद्यार्थी केन्द्रित विधिमा रूपान्तरण गर्न सकिन्छ । साँच्चिकै सिकाइमा चमत्कार हुन्छ ।

पुरानो प्रणालीमा सिकेका शिक्षकले ज्ञानका विषय वस्तुलाई जोड दिन्छन् । ज्ञानसँग सम्बन्धित कुरा मल्टीमिडियाबाट प्रस्तुत गर्दा सीप र मनोवृत्ति विकास भएन ।  त्यसैले विद्यार्थीले  व्यावहारिक कुरा सिकेनन् वा जानेनन् । किताबमा लेखिएका विषयवस्तु वा नोटलाई स्लाइड  बनाएर देखाउँदा शिक्षकहरूले सान्दर्भिक भिडियो तथा  अन्य पूरक शैक्षिक सामग्री  देखाएनन् वा देखाउन आवश्यक  ठानेनन् । स्लाइड देखाउनुलाई नै शिक्षकहरूले चमत्कार ठाने ।

विषयवस्तुमा शिक्षक र विद्यार्थीको दोहोरो संवाद र छलफल भएन । भाषण विधिजस्तै एकपक्षीय भयो । पुराना स्लाइड देखाउँदैमा सिकाइ प्रभावाकारी त हुँदैन । स्लाइड देखाएर चिच्याउनु र  कक्षा कोठामा भाषण दिनु त उस्तै न हो। दुवै शिक्षक केन्द्रित  विधि हुन् । सिकाइमा त्यसले तात्त्विक अन्तर ल्याउँदैन । सिकाइ प्रक्रियामा  विद्यार्थीको सक्रियता बढ्दैन ।

आधुनिक सिकाइ भने पनि त्यो  निराशापूर्ण हुन्छ । शिक्षकहरूले  धेरै स्लाइड देखाउन खोज्दा विद्यार्थीलाई दिक्क लाग्छ । छलफल, प्रश्नोत्तर, अन्तर्क्रिया, समस्या समाधान तथा खोज विधिबाट सिकाइ नहुँदा त्यो प्रभावकारी भएको छैन ।

मल्टीमिडिया प्रयोग भए पनि विद्यार्थीको भूमिका एउटा स्रोताको रूपमा हुन्छ । ऊ निष्क्रिय हुन्छ । विद्यार्थीलाई निष्क्रिय बनाएर सिकाइ प्रभावकारी बन्दैन । आधुनिक सिकाइमा शिक्षकले सहजीकरणमात्र गर्नुपर्छ। विद्यार्थी आफैँले सक्रिय भएर  सिक्ने वातावरण  बनाउनुपर्छ । परम्परागत सिकाइ भन्दा मल्टीमिडिया सिकाइ फरक हो भन्ने प्रमाणित गर्नुपर्छ ।

पुरानै स्लाइड देखाएर सिकाउनु र नोट लेखाउनु उस्तै हो।सिकाईका सहयोगी सामग्री कम्प्युटरमा भित्रै भयर पनि  शिक्षकले खोजेर देखाएनन । सिकाइमा थप  नवीनता ल्याएनन् ।

शिक्षकमा त्यो क्षमता विकास भएन । राज्यले त्यो खालको शिक्षक उत्पादन गर्न सकेन । शिक्षण पेसा आकर्षक बनाउन  नसक्दा परिणाम सकारात्मक आएनन् । समाजमा शिक्षक हुनु गौरवको विषय भएन । जागिर नपाउँदा रोजेको पेसामात्र भयो । कमजोर शिक्षकलाई तालिम दिएर सक्षम बनाउनतिर  राज्य लागेन ।

पुरानो पुस्ताका  शिक्षकलाई बिदा गरेर नवजवानलाई भित्र्याई शिक्षामा आमूल परिवर्तन गर्न सकिन्छ । राज्यको ध्यान त्यता जाओस् ।
पाठ्यक्रममा विषयवस्तु नै जीवनोपयोगी हुनुपर्छ । अनावश्यक विषयवस्तु राख्न जरुरी छैन ।

गृहकार्य  सिर्जनात्मक बनाउनुपर्छ । विद्यार्थीले अरूको नसारोस्, एआई वा जीपीटी च्याटको सहयोग नलेओस् ।  छलफल, अन्तक्रिर्या,  समस्या समाधान, तर्कवितर्क आदिबाट शिक्षकले विद्यार्थीलाई  सिकाउन सकुन् । कक्षा कोठामा विद्यार्थी केन्द्रित सिकाई वातावरण बनोस् ! नयाँ र पुरानो सिकाइ शैलीमा फरक प्रष्ट देखियोस् ।

शिक्षण साधन, वातावरण,  सिकाइको तौरतरिकामा व्यापक रूपान्तरण चाहिएको छ । समयले त्यो खोजेको छ । सिकाइलाई ज्ञानको तहबाट सीप र मनोवृत्ति विकासको तहसम्म नपुर्‍याएसम्म फलदायी र व्यावहारिक हुँदैन ।

ज्ञानमा आधारित सिकाइ खोज र अनुसन्धानमा परिणत गराउनुपर्छ । मुख्य कुरा सिकाइमा नवीनता ल्याउनुपर्छ । विद्यार्थी  आफैँ  सक्रिय भएर सिक्ने वातावरण बनाउनुपर्छ । सूचना  प्रविधि प्रयोगबाट  सिकाइ व्यावहारिक बनाउन सकिन्छ । राज्यले सोअनुसारका नीति  नियम बनाउन ढिला गर्नु हुँदैन । 
(त्रिविमा कार्यरत) 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement