site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अमेरिकाको सपनाले केन्या पुर्‍याएर बनाइयो बन्धक, पाँच करोड बुझाएर नेपाल फिर्ता  

काठमाडौं । धादिङका ३९ वर्षीय सविन तामाङ (नाम परिवर्तन) को न्युरोडमा फेन्सी कपडा पसल छ । 

७/८ वर्षदेखि फेन्सी पसल सञ्चालन गर्दै आएका सविनको कमाइ ठिकै थियो । उनको छेउमै सिन्धुपाल्चोकका एक जना अर्का साथीले पनि फेन्सी पसल नै चलाएका थिए ।

पसलसँगै भएका कारण उनीहरुको दिनहुँ भेट हुने नै भयो ।  त्यही भेटमा उनीहरुले नेपाल बसेर राम्रो प्रगति गर्न नसकेको निराशाका कुरा पनि एक अर्कालाई सेयर गर्न थाले ।  बरु राम्रो देश जान पाए पैसा खर्च गरेर भए पनि बाहिर जान पाए हुन्थ्यो भन्ने मनिस्थितिमा सविन पुगि सकेका थिए ।

Dabur Nepal
NIC Asia

कुरा चल्दै गर्दा सिन्धुपाल्चोकका साथीले सविनलाई २०७९ फागुनमा अमेरिका पठाउने एजेन्ट आफूले चिनेको र जाने भए भेटाइदिने प्रस्ताव ल्याए ।  नेपाल कहिले छोडौं भन्ने मनिस्थितिमा पुगेका सविनले हुन्छ भेटौँ भनिहाले । आफ्नै छेउको पसलको साथीले नराम्रो मानिसलाई भेटाउला भन्ने शंका उनमा थिएन ।

अझ अमेरिका पठाउने एजेन्टले आफ्नो छोरीलाई समेत अमेरिका पठाइसकेको जानकारी सविनलाई सुनाए ।  साथीको कुरा सुनेका सविन आफू पनि अमेरिका पुग्ने सपना देखि सकेका थिए ।

सविन अमेरिका पठाउने एजेन्ट भेट्न बौद्धस्थित ङिमबुटी शेर्पाको चिया पसल पुगे ।  सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का ४७ वर्षीय टासी शेर्पासमेत त्यहीँ थिए । अमेरिका पठाउने मूख्य एजेन्ट नै टासी हुन् ।

टासीसँगको भेटपछि सविन अझ ढुक्कले अमेरिका पुग्ने पसना देखेर पसल फर्किए । टासीसँगको भेटपछि भने न्युरोडमा भएको कपडा पसल बिक्री गरे । बिक्रीबाट आएको रकम र केही क्रण गरेर उनी अमेरिका जाने तयारीमा लागे ।

त्यसका लागि उनले ३० लाख रुपैयाँ जम्मा गरे । भिसा प्रक्रिया र कागजातका लागि सुरुमा टासीलाई पाँच लाख रुपैयाँ बुझाए ।  सविनजस्तै अन्य १५ जना त्यसैगरी अमेरिका पुग्न टासीलाई भेट्न बौद्धस्थित ङिमवुटी शेर्पाको चिया पसल धाइरहेका थिए ।

सविनले पाँच लाख बुझाएको तीनदिन पछि नै भिसा प्रक्रिया अघि बढेको भन्दै ७ लाख रुपैयाँ बराबरको डलर साट्न लगाए ।  डलर साटेको चार दिनपछि नै सविन सहितका १५ जना युवा अमेरिकाका लागि दुवई ट्रान्जिट पारेर युगान्डा हानिए २०७९ चैत ३० मा ।  

जब युगान्डा हुँदै केन्या पुगे...

अमेरिका पुर्‍याउने र फुड प्याकिङको काम लगाउने भन्दै प्रतिव्यक्ति ५० लाख उठाएका थिए टासीले । मासिक तलब ४ लाख हुने टासीले नेपालमै तोकिदिएका थिए । दुवई हुँदै युगान्डा पुगेका सविन सहितका युवाहरुलाई अफ्रिकी मुलका एजेन्टले विमानस्थलबाट रिसिभ गरेर होटलमा पुर्‍याए । 

पासपोर्ट र पाँच लाख बराबर साटेको डलर एजेन्टलाई बुझाए । भिसा प्रक्रिया हुँदै छ भन्दा भन्दै तीन महिनासम्म युगाण्डाको होटलमा उनीहरु बन्धक बनाएर राखिए । तीन महिना पछि भने उनीहरुले युगान्डाबाट केन्या हुँदै ब्राजिल र अमेरिका पुगिने भन्दै नैरोबी पुर्‍याए । युगान्डाको जस्तै त्यहाँ पनि उनीहरुलाई रिसिभ गर्न अफ्रिकी मूलका एजेन्ट नै पुगेका थिए ।

एजेन्टहरुले उनीहरुलाई एउटा भाडाको घरमा राखे । त्यही घरमा उनीहरु ६ महिना बसे । केन्याको एजेन्टलाई पनि उनीहरुले युगान्डामा जस्तै रकम र पासपोर्ट दिए । केन्याबाट ब्राजिल पुर्‍याउने उनीहरुले बताएका थिए ।
तर, ६ महिना एउटै घरमा राखेका केन्याका एजेन्टले ६ महिना पछि फेरि अर्को ठाउँमा राखे । अर्को ठाउँमा समेत ३ महिना राखेपछि प्रहरीले पक्राउ गर्न सक्ने भन्दै पासपोर्ट फिर्ता दिए ।

युगान्डा हुँदै केन्या पुगेका सविन सहित १५ जना युवाहरुले प्रतिव्यक्ति ५० लाख रुपैयाँसम्म विभिन्न एजेन्टहरुलाई रकम बुझाए पछि नेपाल फर्किएका हुन् । उनीहरु पाँच करोड भन्दा बढी रकम बुझाएर नेपाल फर्किएका हुन् । 

१५ जनामध्ये १० जनाले प्रहरीमा उजुरी दिएपछि नेपालबाट अमेरिका पठाउने एजेन्टहरु मध्येका तीन जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका डीसएसपी गोविन्द पन्थी नेतृत्वको टोलीले बौद्धबाट टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान जारी रहेको कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।  टासी सहितको समूहले थप अन्यलाई समेत अमेरिका पठाउने भन्दै ठूलो रकम लिएर अफ्रिकी मूलुकमा बन्धक बनाएको आंशका प्रहरीले गरेको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro