site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रविको प्रश्नमा गगनको जवाफ– राजनीति छोड्न तयार छु, प्रमाण किन मेटाएको ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि लगाएको आरोप पुष्टि नभए आफू राजनीति छाड्न तयार भएको कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् ।

गृहमन्त्री लामिछानेले आफूले निवेदन दिएर ऋण लिएको तथ्य पुष्टि नभए राजनीति छाड्न तयार हो कि होइन भनी सोधेको प्रश्नको जवाफ दिँदै थापाले भने, “पुष्टि भयो भने तपाईंले छोडे पनि हुन्छ । गृहमन्त्रीले ऋण लिएको पुष्टि भएन भने उहाँले राजनीति छोडे हुन्छ । कहिले महान्यायाधीवक्ता, कहिले प्रहरी प्रमुखलाई बोल्न लगाउनै पर्दैन । संसदीय छानबिन समितिको नेतृत्व जसले गरे पनि हुन्छ । त्यहीँबाट पुष्टि गरे भइहाल्छ ।”

उनले अहिले आफूहरुले माग गरेको समितिले सहकारीका सम्बन्धमा आएको समस्या समाधानको बाटो देखाउने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“त्यो समितिले गर्ने के हो त ? त्यसको आधारमा एउटा निष्कर्ष निस्कन्छ । सहकारीमा आम मानिसको रकम रहेको छ । फिर्ता कसरी गर्ने ? जसले ठगी गरेको छ । उसको सम्पत्ति बेचेर पनि फिर्ता गर्ने हो । हाम्रो दाबी छ गृहमन्त्रीको यसमा संलग्नता छ,” थापाले भने, “यसमा बाहिर बोल्नै पर्दैन । संसदीय समितिमा प्रमाणित गरे भइहाल्छ ।”

उनले आफ्नाबारेमा पनि आरोप लागेको उल्लेख गर्दै छानबिन गर्न समिति बनाइदिए हुने बताए ।
 
“केपी ओलीले माया गर्नुभएको छ, प्रधानमन्त्रीले माया गर्नुभएको छ, प्रहरी प्रमुख बोल्नुभएको छ, महान्यायाधीवक्ता लगाउनुभएको छ,” थापाले भने, “त्यति हुँदा पनि हामीले  संसदीय समिति बनाउँ भन्दा भागेको भाग्यै किन ? सरकारको तर्फबाट महान्यायाधीवक्ताले तहकिकात भएको ठाउँमा गएर बोल्न पाउँछ ? अहिलेको महान्यायाधीवक्तालाई मुद्दा हालिदियो भने लाग्छ भनेर पूर्व महान्यायाधीवक्ताले भन्नुभएको छ । यस्तो काम सरकारले गर्न मिल्छ ?”
उनले आफूहरुले गृहमन्त्रीलाई बोल्न दिने तयारी गरेको भए पनि त्यसपछि कांग्रेसका कसैले पनि बोल्न नपाउने भनेर बोल्न रोक लगाइएको बताए ।

Global Ime bank

“हामी पनि संसदको खेलमा कमजोर छैनौँ । संसद् नै बनाएको हो,” उनले भने, “सभामुखले इशारा गर्ने, अनि बोल्न खोज्ने ? यहाँ मिलेमतो भएको कुरा हामीलाई थाहा छैन ? जतिबेर बोले पनि हुन्छ हामी सुन्छौँ ।  गृहमन्त्री बोलेपछि कांग्रेस बोल्न पाउँदैन भन्ने ? प्रधानमन्त्री र एमाले अध्यक्ष नै वासिङ मेसिन बोकेर बस्नुभएको छ त ।”

उनले अहिले सहकारीको विषय निरुपण भएन भने डुबेको पैसा पीडितले कहिले पनि नपाउने बताए ।

“निजी कम्पनीमा गएको पैसा फिर्ता भएन भने कसैले पाउँदैन,” थापाले भने, “एमाले बैठकको कुरा सुनेँ । २०८४ सालसम्म हामीलाई सरकारतिर फर्किन छैन । हामीले गर्न पर्दैन । तपाईंहरु नै दल फुटाउन लाग्नुभएको छ । राजीनामा दिनुपर्दैन, सरकार चलाउनुस् ।”

थापाले गृहमन्त्रीले अहिलेसम्म प्रमाण लुकाएको आफूहरुले सूचना पाएको बताउँदै भने, “प्रमाण लुकाउनुपर्ने लुकाइसक्नुभयो । रुपन्देहीमा अनुसन्धान गरिरहेका प्रहरी माथिको दबाब थेग्न नसकेपछि अहिले गंगालाल अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको छ । गृहमन्त्रीले तथ्य प्रमाण तोडमोड गर्ने जति गर्नुभयो ।”

उनले आफूहरुको माग अब संसद्भित्र मात्रै नरहने बताउँदै भने, “संसद्बाट अब सडकमा आउँछ । पुष्टि भएन भने मैले राजनीति छोडिदिन्छु ।  चुनौती मैले स्वीकार गरिसकेँ । नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका बेलाको अनुसन्धान रिपोर्ट किन लुकाउनुभएको ? त्यतिमात्रै बताइदिए हुन्छ । बुटवल वा पोखरामा भइरहेको अनुसन्धान किन रोकिएको ? त्यतिमात्रै बताइदिए हुन्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय