site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, उत्तरी गोलार्धमा रंगीन प्रकाश देखियो
Tiktok banner adTiktok banner ad

केप क्यानभरल (अमेरिका) । पृथ्वीसँग ठोक्किएको असामान्य रूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्‍यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।

शुक्रबार दिउँसो ‘सौर्य विस्फोट’ अनुमानभन्दा केही घण्टाअघि पृथ्वीमा आइपुगेपछि अमेरिकी राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासन (एनओएए)ले दुर्लभ गम्भीर भू–चुम्बकीय आँधीको चेतावनी जारी गर्‍यो । बेलायतमा प्रमुख रूपमा प्रदर्शन भएको ‘उत्तरी’ प्रकाशको प्रभाव सप्ताहन्तसम्म र सम्भवतः आउँदो सातासम्म रहने थियो ।

बेलायतमा धेरैले शनिबार बिहानै सामाजिक सञ्जालमा रोसनी (प्रकाश)को ‘फोन स्न्याप’ साझा गरेका छन् । यो घटना लन्डन र दक्षिणी इंग्ल्यान्डसम्म देखिएको छ ।

बेलायतको मौसम एजेन्सी मेट कार्यालयका मौसमविद् क्रिस स्नेलले भने, “मुलुकभर माथिदेखि तलसम्म दृश्य थिए ।” उनले कार्यालयले प्राग र बार्सिलोनालगायत अरू युरोपेली स्थानबाट पनि फोटो र जानकारी प्राप्त गरेको बताए ।

एनओएएले पावर प्लान्ट र कक्षमा अन्तरिक्षयानका सञ्चालकका साथै संघीय आपत्कालीन व्यवस्थापन एजेन्सीलाई पनि सावधानी अपनाउन सचेत गराएको छ । एनओएएका स्पेस वेदर प्रेडिक्सन सेन्टरका वैज्ञानिक रब स्टिनबर्गले भने, “पृथ्वी ग्रहमा अधिकांश मानिसका लागि उनीहरूले केही गर्नु पर्दैन ।”

एनओएएले आँधीले अमेरिकाको सुदूरदक्षिणमा अलाबामा र उत्तरी क्यालिफोर्नियासम्म रोसनी उत्पन्न गर्न सक्ने जनाएको छ । तर, यसको भविष्यवाणी गर्न कठिन थियो । सामान्यतया उत्तरी रोसनीहरूसँग सम्बन्धित रङको नाटकीय पर्दा नहुने तर अधिक हरियो रङको छर्राजस्तै हुने विश्लेषकले बताएका छन् ।

“यो वास्तवमा अन्तरिक्ष मौसमको उपहार हो : अरोरा,” स्टिनबर्गले भने । उनी र उनका सहयोगीहरूले सबैभन्दा राम्रो अरोरा दृश्य नग्न आँखाको तुलनामा प्रकाशलाई ‘क्याप्चर’ गर्न राम्रो हुने फोन क्यामेरामा आउन सक्ने बताए ।

रेकर्ड गरिएको इतिहासमा सबैभन्दा तीव्र सौर्य आँधी सन् १८५९ मा मध्यअमेरिका र सम्भवतः हवाईमा आएको थियो । रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  २२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro