site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
श्रीमान् बचाउन खोज्दा श्रीमतीको ज्यान गयो
प्रतीकात्मक तस्बिर ।

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।

करेन्ट लागेर ईश्वरपुर–९, रामनगर निवासी अन्दाजी २८ वर्षीया कुसुम देवीको मृत्यु भएको हो । उनका अन्दाजी ३४ वर्षीय श्रीमान् रम्भा महतोको पनि सोही घटनामा करेन्ट लागेर अवस्था गम्भीर बनेको छ । स्थानीय स्वास्थ्य संस्थामा उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार, शुक्रबार राति रम्भाको घरअगाडि ११ हजार भोल्टेजको विद्युतीय तारमा बेरिएको इन्टरनेटको तार चुँडिएर झरेको थियो । इन्टरनेटको तार उठाउन खोज्दा रम्भालाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

श्रीमान‍्लाई करेन्ट लागेको देखेपछि उनी हतारहतार बचाउन पुगेकी थिइन् । त्यसक्रममा कुसुमलाई पनि करेन्ट लागेको थियो ।

घटनालगत्तै स्थानीयले महतो दम्पतीलाई उपचारका निम्ति अस्पताल पुर्‍याएका थिए । उपचारका लागि कुसुमलाई सिद्धिविनायक अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । श्रीमान् रम्भाको भने बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि प्रदेशिक अस्पताल मलंगवामा राखिएको इलाका प्रहरी कार्यालय केश्वरगन्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  २१:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro