site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आक्रामक बजार विस्तारमा बीवाईडी– अट्टो थ्री का तीन भेरियन्टमध्ये कुन रोज्ने ?

काठमाडौं । यसै महिना अगस्टमा ५० लाख गाडी उत्पादनको आँकडा पार गरेको चिनियाँ अटोमेकर बीवाईडीका विद्युतीय गाडीले विश्वभर आक्रामक तरिकाले बजार विस्तार गर्न थालेको छ । बीवाईडीले अहिले ५४ भन्दा बढी देशमा आफ्ना गाडी गुडिरहेको बताएको छ ।

विश्वका प्रमुख विद्युतीय सवारी (ईभी) निर्माताको सूचीमा प्रवेश गरेको बीवाईडीका विद्युतीय गाडीले नेपालमा पनि महत्वपूर्ण स्थान बनाएका छन् । हाल नेपालमा बीवाईडीका ‘अट्टो थ्रि’ र ‘अल न्यू ई६’ दुई मोडेलका गाडी उपलब्ध छन् ।

BYD Atto 3 360 View Camera Control1691986312.jpg

Dabur Nepal
NIC Asia

बीवाईडीको अट्टो थ्रि मोडेलका विद्युतीय गाडी किफायती मूल्य, उच्च पर्फमेन्स र अत्याधुनिक फिचरका कारण ग्राहकको प्रमुख रोजाइमा परेका छन् । अहिले अट्टो थ्रि मोडेल ‘सुपेरियर’, ‘पर्फमेन्स’ र ‘एडभान्स्ड’ गरी तीन भेरियन्टमा उपलब्ध रहेको नेपालका लागि बीवाईडीको आधिकारीक बितरक साइमेक्स इन्कले जनाएको छ । 

अट्टो थ्रिका यी भेरियन्ट विशेष ‘फरेस्ट ग्रिन’ कलर एडिसनमा पनि पाउन सकिने कम्पनीले जनाएको छ । यस्तै ‘अल न्यू ई६’ मोडेलको गाडी पनि नेपालमा उपलब्ध रहेको छ । यी सबै गाडीहरु एक पछि अर्काे ग्राहकको रोजाइमा परेको साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताएकी छन् । पछिल्लो समय चीनबाट मागअनुसार निरन्तर गाडी भित्रिइरहेको उनले बताइन् ।

BYD Atto 3 Rear Passenger Seats1691986313.jpg

बीवाईडीले केही दिनअघि मात्रै फर्च्युन ग्लोबलको राजस्वका आधारमा संसारका सबैभन्दा ठूला ५०० कम्पनीमा २१२ औँ स्थान बनाएको छ । बीवाईडीको बजार विस्तारले अमेरिकी अटो निर्माता टेस्लालाई नै पनि खासगरी घरेलु बजारमा चूनौती दिन थालेको छ ।

नेपालमा बीवाईडीको कुन भेरियन्ट कस्तो ?

अट्टो थ्रि मोडलका तीनवटै भेरियन्टमा पाँच सिट क्षमता छ । सबै भेरियन्ट ग्राहकले चाहेमा फरेस्ट ग्रिन कलरमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

अट्टो थ्रि : एडभान्स्ड 
यो अट्टो थ्रि मोडेलको सुरुवाती अथवा बेस भेरियन्ट हो । ४९.९२ किलोवाट आवरको ब्याट्री रहेको एडभान्स्डले ३४५ किलोवाट रेन्ज दिने कम्पनीको दाबी छ ।

Byd-Atto-3-Advanced1691986213.jpg

एक सय र १५० किलोवाट मोटर पावरमा उपलब्ध यसमा कलर ग्रेडियन्ट भने एउटा मात्रै छ । ७० किलोवाटको चार्जरले ४५ मिनटेमा चार्ज हुने यो गाडीको मूल्य भने ५५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

अट्टो थ्रि : सुपेरियर 

गाडी मूल्य र थप फिचरका कारण महत्वपूर्ण देखिन्छ । ६०.४८ किलोवाटआवरको ब्याट्री रहेको सुपेरियरमा १०० किलोवाट मोटर पावर छ । एक पटक फुल चार्ज गर्दा ४२० किलोमिटर रेन्ज दिने सुपेरियरलाई ८० किलो वाटको र्चाजरले ४५ मिनेटमा फुल गर्न सकिने कम्पनीको भनाइ छ । 

Byd-Atto-3-superior1691986214.jpg

एडभान्स्ड भन्दा फरक यो भेरियन्टमा मल्टि कलर ग्रेडियन्ट रहेको छ भने, वान–टच टेलगेट पनि उपलब्ध छ । बढ्दो वायु प्रदुषणबाट बचाउन यो गाडीमा पीएम २ं५ एयर फिल्टरसमेत रहेको छ ।
अट्टो थ्रि सुपेरियरको मूल्य ६५ लाख ८८ हजार रहेको छ ।

अट्टो थ्रि : पर्फमेन्स

बीवाईडीको अट्टो थ्रि पर्फमेन्समा ६०.४८ किलोवाटआवरकै ब्याट्री रहेको छ । यसको मोटरपावर भने १५० किलोवाट छ । एक पटक फुल चार्ज गर्दा यसले ४२० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । 

Byd-Atto-3-performance1691986214.jpg

८० किलोवाटको चार्जरले गाडी ४५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले बताएको छ । अट्टो थ्रि पर्फमेन्सको मूल्य ८१ लाख ९९ हजार रहेको छ ।

अल–न्यू ई६ मोडेल 

अल–न्यू ई६ मोडेलको गाडीको मूल्य ५९ लाख रुपैयाँ रहेको छ । ७१.५ किलोवाटआवरको ब्याट्री रहेको यो गाडीमा मोटर पावर ७० किलोवाट रहेको छ ।  एक पटक फूल चार्ज गर्दा ५२२ किलोमिटर रेन्ज दिने गाडीलाई ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

all-new-e61691986212.jpg

अट्टो थ्रि मोडेल झैं यसमा पनि पाँच सिट क्षमता रहेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro