अर्थ व्यवसाय

काठमाडौं । वर्षात्को कारण तीन अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । बिहानदेखि वर्षात् हुँदा तीनवटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो ।
जसकारण चीनबाट आएको दुईवटा विमान चीनतर्फ ‘डाइभर्ट’ भएका छन् ।
चीनबाट आएका इयर चाइना र सिचुवान एयरले मौसम प्रतिकूल हुँदा चीनतर्फ डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बाह्रखरीलाई जानकारी दिएको छ ।
यस्तै, भारतको दिल्लीबाट आएको जहाज पनि बनारस डाइभर्ट भएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० १२:३७
प्रतिक्रिया दिनुहोस्