site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘शिक्षकहरूसँग आजै सहमति हुन्छ, विद्यालय फर्कने वातावरण बन्छ’  

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शिक्षकहरूसँग आज सहमति हुने बताएका छन् । सत्तारुढ दलको बैठकपछि शिक्षकहरूका मागमा के गर्ने सहमति भयो भन्ने प्रश्नमा उनले दिनभरमा सहमति भएर भोलिदेखि शिक्षकहरू विद्यालय फर्कने बताए । 

“शिक्षकहरूसँगको वार्ता सकारात्मक ढंगले अघि बढेको छ,” ज्ञवालीले भने, “आज दिनभरमा वार्ता निष्कर्षमा पुग्छ र सौहार्दपूर्णरूपमा शिक्षकहरू फर्किएर पठनपाठन अघि बढ्ने विश्वास गरिएको छ ।” 

ज्ञवालीले पछिल्लो समयका चरणवद्ध वार्तामा निर्माण भएको वातावरणका आधारमा आफूले यस्तो विश्वास लिएको बताए । विगतमा पनि शिक्षकहरूले नै शिक्षामन्त्रीसँग वार्ता नगर्ने भनेका कारण आन्दोलन लम्बिएको भन्दै पछिल्लो समयको वार्ताका लागि निवर्तमान शिक्षामन्त्रीले बनाएको खाकाअनुसार नै वार्ता अघि बढेको बताए । 

“यसबीचमा बनेको सहमतिका आधारमा मैले भनेको हो । निवर्तमान शिक्षामन्त्रीले समस्या संबोधनका लागि धेरै प्रयत्न गर्नु भएको थियो,” उनले भने, “तर, शिक्षकहरूले शिक्षममन्त्रीसँग वार्ता नै गर्दैनौँ भन्ने तहमा पुग्नुभयो । तर, अहिले वार्ता भएको छ । टुंगिन्छ भन्नेमा म विश्वस्त छु ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro