site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी, जनमतकी अनितादेवी मन्त्री बन्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए । “प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् हेरफेरको तयारी गर्नुभएको छ ।  कुन मन्त्रालय दिने भन्ने तय भइसकेको छैन । प्रधानमन्त्री चितवनमा हुनुहुन्छ । उहाँ आएपछि फाइनल हुन्छ,” गजुरेलले भने ।

अरु केही मन्त्रीलाई हटाएर नयाँ ल्याउने विषयमा समेत छलफल चलिरहेको तर फाइनल भइसकेको उनले बताए । जनमतले यसअघि नै अनितादेवी साहलाई मन्त्रीको लागि सिफारिस गरिसकेको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro