site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिम्रिक एयरले प्राधिकरणलाई बुझायो ४३ लाख बक्यौता

काठमाडौं । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ । प्राधिकरणका अनुसार सिम्रिकले शुक्रबार बक्यौता रकम बुझाएको हो । 

प्राधिकरणले बिहीबारमात्र बक्यौता नतिरेको भन्दै सिम्रिकका सबै उडान ग्राउन्डेड गरिदिएको थियो । 

बक्यौता रकम नतिर्ने एयर कम्पनीहरूको उडान रोकिँदै 

सिम्रिकले प्राधिकरणलाई ५५ लाख रुपैयाँ बक्यौता रहेकोमा यसअघि आठ लाख रुपैयाँ तिरेको थियो । शुक्रबार प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएसँगै अब दुई लाख रुपैयाँ बक्यौता बाँकी रहेको छ ।

उडान खुलाउने विषयमा भने निर्णय नभएको प्राधिकरणले जनाएको छ । प्राधिकरणलाइ तिर्न बाँकी रहेको बक्यौता रकम चुक्ता गरे उडान फुकुवा हुने प्राधिकरणले जनाएको थियो । तर, सिम्रिकले पूरै बक्यौता भने चुक्ता गरेको छैन ।

सिम्रिक एयरको सबै उडानमा आजबाट रोक

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro