site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बक्यौता रकम नतिर्ने एयर कम्पनीहरूको उडान रोकिँदै 

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गर्ने एयरलाइन्स कम्पनीहरूको वित्तीय अडिट सुरु गरेको छ । पछिल्लो समय एयरलाइन्स कम्पनीको वित्तीय अवस्था कमजोर देखिन थालेपछि प्राधिकरणले वित्तीय अडिट सुरु गरेको हो ।

वित्तीय अवस्था कमजोर हुँदा हवाई सुरक्षामा गम्भीर असर पर्ने देखिएपछि प्राधिकरणले वित्तीय अडिट गरिरहेको छ । वित्तीय अवस्था कमजोर हुँदा एलाइन्सको सामान खरिदमा कम्परमाइज (सम्झौता) हुने र त्यसले गर्दा एयर नेभिगेसन सेफ्टीमा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले वित्तीय अडिट  गर्नु परेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । 

“सबै कम्पनीको वित्तीय अडिट गर्ने काम जारी छ । बक्यौता तिर्न बाँकी रहेका कम्पनीलाई समयमा तिर्नुस् भनेर पत्र पठाउँछौं,” भुलले भने, “हामी कुनै कम्पनीमाथि प्रतिशोध र पूर्वाग्रही भएर काम गर्दैनौँ । समयमा बक्यौता नतिर्ने कम्पनीको उडान ग्राउन्डेड हुन्छ ।” प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकम बाँकी रहेका सम्पूर्ण कम्पनीको उडान रोकिने भुलले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

बुद्ध एयरबाहेक अन्य कम्पनीको गत आर्थिक वर्षको बक्यौता  बाँकी रहेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । तर, सिम्रिक एयरले भने अघिल्लो आर्थिक वर्षको बक्यौता पनि तिर्न बाँकी रहेको उनले बताए । बक्यौता रकम तिर्नको लागि पटकपटक आग्रह गर्दा पनि अटेरी गरेपछि उडानमा रोक लगाएको उनको भनाइ छ । 

बक्यौता तिर्न बाँकी रहेका अन्य कम्पनीलाई समयमा तिर्न पत्राचार गर्ने तयारी भइरहेको निरौलाले जानकारी दिए । समयमा रकम नतिर्ने सबै कम्पनीलाई एकै प्रकारको कारबाही हुने निरौलाको भनाइ छ । 

दुई कम्पनीको उडान ग्राउन्डेड

प्राधिकरणले अहिलसम्म वित्तीय अवस्था कमजोर रहेको र प्राधिकरणलाई बक्यौता नतिर्ने दुईवटा एयर कम्पनीको उडान ग्राउन्डेड (उडानमा रोक) गरिदिएको छ ।

यसअघि, प्राधिकरणले चार करोड ५० लाख बक्यौता रकम नतिरेपछि गुण एयरको उडानमा प्रतिबन्ध लगाएको थियो । गुण एयरलाइन्सको वित्तीय ‘अडिट’ कमजोर देखिएपछि माघ महिनादेखि उडानमा रोक लगाएको हो ।

प्राधिकरणका अनुसार गुण एयरलाइन्सले प्राधिकरणलाई चार करोड ५० लाख रुपैयाँ तिर्न बाँकी छ । कर्मचारीलाई लामो समयदेखि तलबभत्ता नदिएको र बोर्डिङ पास छपाइको भुक्तानी बाँकी रहेको प्राधिकरणको अडिटमा देखिएको थियो ।

गुणसँग अहिले १८ सिट क्षमताको सातवटा विमान छन् । जसमा यती एयरलाइन्ससँग किनेको पाँचवटा जेट स्ट्रिम विमान र दुईवटा पुरानो सिम्रिक एयरलाइन्ससँग रहेको बिचक्राफ्ट विमान छ ।

प्राधिकरणले बिहीबार एकमात्र सिम्रिक एयरको उडानमा प्रतिबन्द लगाएको थियो । सिम्रिकसँग दुईवटा बेल र दुईवटा एएस ३५० गरेर चारवटा हेलिकोप्टर छन् । प्राधिकरणलाई ४६ लाख रुपैयाँ बक्यौता रकम तिर्न पटकपटक आग्रह गर्दा पनि नतिरेपछि शुक्रबारदेखि उडानमा प्रतिबन्द लगाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro