site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिम्रिक एयरको सबै उडानमा आजबाट रोक
फाइल तस्बिर

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजबाट लागु हुने गरी सिम्रिक एयरको सबै उडानमा रोक लगाएको छ ।

प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ पटकपटक ताकेता गर्दा पनि नतिरेपछि उडानमा रोक लगाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

सिम्रिकले आर्थिक वर्ष २०७९/०८० मा कुल ५५ लाख रुपैयाँ तिर्नु पर्ने थियो । उक्त बक्यौता तिर्न आग्रह गर्दा करिब आठ लाख रुपैयाँमात्र तिरेको थियो । बाँकी ४६ लाख बक्यौता तिर्न पटकपटक ताकेता गर्दा पनि नतिरेपछि आजबाट सबै उडानमा रोक लगाएको हो । 

प्राधिकरणको अडिटमा पनि सिम्रिकको वित्तीय अवस्था कमजोर देखिएको छ । 

बक्यौता तिरेको दिनदेखि नै पुनः उडान सुरु गर्न दिने अधिकारी भुलले जानकारी दिए । “फाइनान्सियल अवस्था धेरै कमजोर देखियो । यसले जहाजको सामग्री खरिद गर्दा गुणस्तरमा र कर्मचारीहरूको तलब भत्तामा कम्परमाइज (सम्झौता) हुनसक्छ । उडान सुरक्षाको हिसाबले पनि गम्भीर देखिएपछि हामीले उडानमा रोक लगाएका हौँ,” सूचना अधिकारी भुलले भने,  “यसमा कुनै पूर्वाग्रह छैन । जुन दिन ४६ लाख बक्यौता चुक्त हुन्छ त्यसै दिनबाट उडान सुरु हुन्छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro