site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मतदाता भन्छन्– पार्टीभन्दा व्यक्ति हेरौं, आफ्नाभन्दा राम्रा छानौं

काठमाडौं । लमजुङ बेसीशहर–११ का सुजन पन्त वकिल हुन् । काठमाडौंलाई कर्मथलो बनाएका उनी मूलतः यतै वकालत गर्छन् । वकिल भएकाले पनि होला, उनलाई राजनीतिप्रति निकै चासो छ । 

दुई दशकपछि यही वर्ष भएको स्थानीय तहको निर्वाचनमा लमजुङ पुगेर मतदान गरेका उनी आशन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि मतदान गर्न जाँदैछन् । “अहिले सर्वोच्च अदालतमा परेको रिटमा अदालतले जारी गरेको आदेश कारण देखाऊ आदेश हो, काम रोकेर बस्नु पर्दैन । चुनाव नगर्नु भनेको होइन, यसमा अल्झिएर बस्नुपर्ने अवस्था छैन,” अधिवक्तासमेत रहेका पन्तले अहिले देखिएको निर्वाचनको अन्योलबारे आफ्नो धारणा राखे, “निर्वाचन आयोग लाचार भएको परिणाम हो यो । इतिहासमै आयोग कमजोर भएकाले त्यसको फाइदा दलहरुले उठाइरहेका छन् ।”

संवैधानिक आयोग भए पनि राजनीतिक नियुक्तिका कारण नेताहरुले निर्वाचनको मिति तोक्नेसम्मको काम हुने गरेको उनको बुझाइ छ । संविधान कार्यान्वयन गर्न पनि निर्वाचन हुनैपर्ने बताउँदै पन्त भन्छन्, “संविधानम निर्वाचनको समय तोक्ने दलहरुले नैतिकताका आधारमा पनि तोकिएकै मिति (मंसिर १० र २१) मा निर्वाचन हुनुपर्छ ।” पार्टी भन्दा व्यक्ति र आफ्नाभन्दा राम्रालाई मतदान गर्ने पक्षमा रहको पनि उनले सुनाए । 

भद्रपुर नगरपालिका झापाका सुवास पोखरललाई यो प्रदेशसभा निर्वाचन सिंहदरबारबाट स्थानीय तहमा अधिकार विकेन्द्रिकरणको अभ्यास हो जस्तो लाग्छ । प्रदेशसभाको निर्वाचनसँगै नेपालमा नयाँ अभ्यास हुने भएकाले पनि यसमा उत्साहजनक सहभागिता हुनुपर्ने उनको बुझाइ छ । प्रदेशसभा निर्वाचन र प्रतिनिधिसभाको निर्वाचन एकै दिन हुने भएकाले पनि निर्वाचनको छुट्टै रौनकता हुने बताउने उनी निर्वाचनका लागि मतदानका लागि कुरिरहेको बताउँछन् । “झापा हेवीवेट नेताहरु रहेको जिल्ला हो । यसको रमाइलो बेग्लै हुन्छ,”

काठमाडौंको लाजिम्पाट बस्दै आएका पोखरेल भन्छन्, “कम्युनिष्टहरुको उद्गम स्थलकै रुपमा रहेको हाम्रो जिल्ला देशकै चासोको जिल्ला पनि हो । केन्द्रमा नेतृत्व र पहुँचमा रहेका नेताहरुबीचको प्रतिस्पर्धा हेर्न लायक हुनेछ ।”

गैरसरकारी संस्थामा काम गर्ने पोखरेल चुनावमा झापा झर्दैछन् । स्थानीयस्तरमा नेतृत्वको विकास र विकासको बाटो तय गर्ने चुनाव भएकाले पनि यसमा सबैको सहभागिताका लागि उनी आग्रह गर्छन् । 

कैलालीका भक्ति शाह अहिले काठमाडौंको धुम्बाराहीमा बस्छन् । कैलाली टिकापुर ३ का उनी आफैं पनि नेपाली कांग्रेसका कार्यकर्ता हुन् । भविष्यमा आफू पनि राजनीति गर्ने सोचमा रहेका र अहिले विद्यार्थी संगठन नेविसंघमा सक्रिय रहेका भक्ति मतदान गर्न कैलाली जाने तयारीमा छन् । “घर गएर पार्टीलाई सहयोग गर्ने हो । नयाँ संविधान बनेपछि हुन लागेको पहिलो प्रदेशसभा र प्रतिनिधिसाभाको निर्वाचनमा सहभागी हुनैपर्छ,” उनी भन्छन्, “मतदान सबैभन्दा ठूलो  दान हो । देश र जनताका लागि काम गर्ने प्रतिनिधिको छनोट गर्न पनि सबैले आफ्नो मताधिकार प्रयोग गर्नुपर्छ ।” 

आफूले चाहेको व्यक्तिलाई जिताउन आफैं सक्रिय हुनुपर्छ भन्ने विचारका भक्ति गाउँ समाजका लागि घातक व्यक्ति पनि प्रतिनिधि हुने सम्भावना हुने भन्दै त्यस्ता व्यक्तिलाई हराउन प्रत्येकले मतदानमा विवेक पुर्याउनु पर्नेमा जोड दिन्छन् ।

काठमाडौंको चक्रपथमा सार्वजनिक सवारी साधनमा भेटिएका प्रदीप आचार्य १८ वर्षका भए । यो पटक उनी पहिलोपटक भोट हाल्दैछन् । स्थानीय निकायको निर्वाचनमा भोट हाल्न उमेर पुगेको थिएन । “कस्तो नेतालाई छान्ने भन्दा पनि पहिलोपटक मतदान गर्दाको नौलो अनुभूतिको प्रतिक्षामा छु,” बुढानिलकण्ठ नगरपालिकाबाट मताधिकार प्रयोग गर्न लागेका आचार्य भन्छन्, “प्रतितिनिधिसभाको निर्वाचन भन्दा पनि प्रदेशसभाको निर्वाचन कस्तो होला भन्ने चासो जनतालाई छ जस्तो लाग्छ ।” 

आफूले यसअघि कहिले पनि मतदान नगरेको भएपनि मतदान गर्न पाउँदा आफूलाई राम्रो लागेको नेता र पार्टीलाई मतदान गर्नुपर्छ भन्ने जानकारी रहेको आचार्यले सुनाए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०७४  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro