site stats
बाह्रखरी :: Baahrakhari
देश
करिब ५३ लाख रुपैयाँ नक्कली नोटसहित नौजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली नोट ५२ लाख ५७ रुपैयाँसहित नौजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले विभिन्न समयमा फरकफरक स्थानबाट पक्राउ परेका नौजनालाई सार्वजनिक गरेको हो ।

प्रहरी प्रभाग नागढुंगाको टोलीले नागढुंगा चेकप्वाइन्टबाट पर्यटकबसमा काठमाडौँ भित्रिँदै गरेको एक हजार दरको तीन हजार ५७३ थान नक्कली नोट बरामद गरेको हो । प्रभागको टोलीले लुम्बिनीबाट काठमाडौं आउँदै गरेको लु१प ५ नम्बरको पर्यटक बसबाट उक्त मात्रामा नोट बरामद गरेको हो ।

Argakhachi Cement Island Ad

उक्त बसमा नक्कली नोट भएको कार्टुन अचारको भनी पठाइएको बसका चालक र सहचालकको बयानपछि प्राप्त गर्ने व्यक्तिको खोजीमा जाँदा गोंगबु बसपार्क र भक्तपुरको चाँगुुनारायण ४ बुढाथोकी गाउँबाट एक हजार दरका थप एक हजार ७०२ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

कुल ५२ लाख ७५ हजार रुपैयाँ बराबरको नक्कली नोटसँगै प्रहरीले नौजनालार्य पक्राउ गरेको हो । सोही क्रममा पक्राउ परेकामध्ये सिन्धुपाल्चोकको बलेफी नगरपालिका–७ घर भई चाँगुमा बस्दै आएका ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापा मारी नक्कली नोट बरामद गरिएको हो ।

सुवेदीसँगै सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ घर भई काठमाडौंको मूलपानीमा बस्दै आएका २१ वर्षीय मिलन भण्डारी, ३२ वर्षीय शिव भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी र सुनकोसी गाउँपालिका घर भई काठमाडौंको पेप्सीकोलामा बस्दै आएका २६ वर्षीय सुशील कार्की पक्राउ परेका छन् ।

नवलपरासीको सरावल गाउँपालिका–१ घर भई काठमाडौंमा बस्दै आएका पार्वती नेपाली, गुल्मीको बडागाउँ गाउँपालिका–२ घर भई काठमाडौंको सामाखुसीमा बस्दै आएका २७ वर्षीय सागर आचार्य, झापा घर भई समाखुसीमै बस्दै आएका २४ वर्षीय युवराज राई र अछाम घर भई काठमाडौंको मातातीर्थमा बस्दै आएका २३ वर्षीय अर्जुन बुढालाई समेत प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

No description available.

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्