site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बुद्ध एयरका वित्तीय अधिकृतविरुद्ध सम्पत्ति शुद्धीकरणबारे उजुरी
बुद्ध एयरका वित्तीय अधिकृत रमेश लुइटेल ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । बुद्ध एयरका वित्तीय अधिकृत रमेश लुइटेलविरुद्ध उजुरी परेको छ । लुइटेलविरुद्ध बुद्ध एयरका ४० प्रतिशत सेयरधनीको अख्तियारी लिएर शिवेन्द्रबहादुर बस्नेतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका हुन् ।

गैरकानुनी स्रोतबाट (बुद्ध एयरको कर छलेर, सेयरधनीको डिभिडेन्ड ‘लाभांश’ हिनामिना गरेर) अकुत सम्पत्ति कमाएको भन्दै उजुरी दिएका हुन् । शिवेन्द्रले दिएको उजुरीमा मनी लाउन्डरिङ ऐनको दफा ३० बमोजिम हदैसम्मको सजाय माग गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, गैरकानुनी स्रोतबाट आर्जन गरेको सम्पत्ति रोक्का गर्नुपर्ने, जफत गर्नुपर्ने माग राखेर शिवेन्द्रले उजुरी दिएका हुन् ।

शिवेन्द्रले लाभांश हिनामिना गरेको र आर्थिक हिसाबकिताब नदिएको भन्दै लुइटेलसहित पाँचविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिसकेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement