site stats
बाह्रखरी :: Baahrakhari
कला
‘एट द टिपिङ पोइन्टः आर्ट एन्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ सुरु

काठमाडौं । तारागाँउ नेक्सट परिसर ‘एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ प्रदर्शनी सुरु भएको छ । बिहीबार उद्घाटन गरिएको प्रदर्शनी शुक्रबारबाट सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ ।

कला र वातावरणीय चेतनको संगमका रूपमा प्रस्तुत गरिएको यो प्रदर्शन सगरमाथा नेक्सटले गरेको हो । सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरिएको प्रदर्शनीको ख्यातिप्राप्त भारतीय कला इतिहासकार डा. अर्शिया लोखान्डवालाले संयोजन गरेकी आयोकले प्रेस नोटमा उल्लेख छ । 

Argakhachi Cement Island Ad

तीन महिनासम्म चल्ने प्रदर्शनीमा श्रष्टाले विभिन्न माध्यमबाट आफ्नो कला यस प्रदर्शनीमा व्यक्त गर्नेछन् ।

विश्वले औसतभन्दा करिब दोब्बर गतिको तापक्रम वृद्धिको सामना गरिरहेको हिमालय क्षेत्रको यथार्थमाथि केन्द्रित यो प्रदर्शनीले जलवायु परिवर्तन, सांस्कृतिक चेतना, स्वदेशी ज्ञान र वैज्ञानिक दृष्टिकोणलाई समेट्दै समकालीन कलाको माध्यमबाट पृथ्वीप्रतिको सम्बन्ध पुनः परिभाषित गराउने उद्देश्य राखेको छ ।

१२ जना अन्तर्राष्ट्रिय तथा नेपाली कलाकारहरूले यस प्रदर्शनीमा आ–आफ्ना विशिष्ट सिर्जनामार्फत वातावरणीय संकटमाथि विविध दृष्टिकोण प्रस्तुत गर्नेछन् ।
 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  ०७:५५
प्रतिक्रिया दिनुहोस्