site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बुद्ध एयरमा दाजुभाइको ‘लडाइँ’– सम्पत्ति कि प्रतिष्ठा ?

काठमाडौं । नेपालमा सञ्चालित निजी क्षेत्रमा उदाहरणीय कम्पनी मानिन्छ बुद्ध एयर । २६औँ वार्षिकोत्सवको तयारीमा रहेको यस कम्पनी पछिल्लो समय भने दाजुभाईबीचको विवादको उल्झनमा परेको छ ।

विवाद भने ‘सेयर’ को हो । पारिवारिक सेयरमा दाजु वीरेन्द्रबहादुर बस्नेतले एकपक्षीयरूपमा काम गरेको, सम्पत्ति हिनामिनागरेकोलगायतका आरोप लगाउँदै भाई शिवेन्द्र बस्नेतले अदालतको ढोका ढकढक्याएका छन् ।

उनले दुईवटा मुद्दा दायर गरिसकेका छन् भने अन्य केही विषयमा कानुनविदहरुसँगै परामर्शमा रहेको बताएका छन् । शिवेन्द्रको मुख्य आरोप छ– आफ्नी श्रीमती र छोरीको नाममा रहेको ४० प्रतिशत सेयरवालालाई बेवास्ता गरियो ।

Dabur Nepal
NIC Asia

 

बुद्ध एयरका दाजुभाइबीचको सम्पत्ति विवाद चरमोत्कर्षमा, भाइले मागे ४० प्रतिशतको हक

 

कुनै पनि प्रक्रियामा सहभागी गराइएन, हिसाबकिताब पारदर्शी भएन, सञ्चालकमा मनमौजी भयोलगायतका आरोप शिवेन्द्रका छन् । वीरेन्द्रबहादुर बस्नेतले भने कम्पनीलाई धरासायी बनाउन भाइले भूमिका खेलेको आरोप लगाएका छन् ।

बुद्ध एयर सन् १९९७ सालमा स्वर्गीय सुरेन्द्रबहादुर बस्नेतले खोलेको कम्पनी हो । उनले ७० वर्षको उमेरमा एयरलाइन्स खोलेका थिले । सो एयरले बीचक्राफ्ट १९०० डी जहाजमार्फत् अक्टोबर ११ बाट व्यावसायीक उडान सुरु गरेको थियो । 

 

दाजुभाइ सम्पत्ति विवाद : बुद्ध एयरले भन्यो– शिवेन्द्रसँग कुनै सम्बन्ध छैन

आन्तरिक उडानमा ६० प्रतिशत बढी हिस्सा बुद्ध एयरले लिन सफल पनि भएको थियो । तर अहिले दाजभाईबीचको विवाद ‘अपरेसन’मा पर्न लागेको स्रोत बताउँछ । कम्पनीका सस्थापक सञ्चालक सुरेन्द्रबहादुर बस्नतेको ९५ वर्षको उमेरमा २०७९ पुस १० गते निधन भयो । बुबाको निधनसँगै सुरू भएको छोराहरूको विवाद उत्कर्षमा पुगेको छ ।

सुरेन्द्रका दुई भाई छोरा छन् । जेठा हुन् वीरेन्द्रबहादुर बस्नेत र कान्छा शिवेन्द्र ।  उनै दाजुभाई बीचमा सुरु भएको बुद्ध एयरको सम्पत्ति विवाद घर, कार्यालय हुँदै अदालतमा पुगेको छ ।

सञ्चालनमै पर्न सक्छ असर !

संस्थाका सेयरधनीबीच विवाद हुँदा अवश्य पनि त्यसले कम्पनीको दैनन्दिन सञ्चालनमा असर त परिहाल्छ । बुद्ध एयरमा काम गरिरहेका एक वरिष्ठ कर्मचारी भन्छन्, “लगानीकर्ताबीच भएको विवाद, मुद्दामामिलाको असर कार्यालयमा नपर्ने भन्ने त हुँदै हुँदैन तर कुन हदसम्म पर्छ भन्ने मात्रै हो ।”

बुद्ध एयरमा बस्नेत दाजुभाइको झगडा– सेयर बेच्ने प्रपञ्च !

कम्पनी सञ्चालनमा असर नपरोस् भन्नेमा दुवै भाई सचेत भने देखिएका छन् । अदालतको ढोका ढकढक्याउन पुगेका शिवेन्द्रले पनि कम्पनीलाई असर नपर्ने गरेर अदालत पुगेको बताए । “मैले कानुन दिएको अधिकार प्रयोग गरेको हुँ । सोहीअनुसार मैले ४० प्रतिशतको सेयरधनीबाट अख्तियारी लिएर कम्पनीको वित्तीय विवरण माग गरेको हो,” उनले भने, “मैले अदालतमा दर्ता गरेको मुद्दामा पनि कम्पनीको अपरेसनमा असर नपर्ने गरेर मुद्दा दर्ता गरेको छु ।”

साथै उनले अदालतमा कम्पनीविरुद्ध मुद्दा दर्ता नगरेको बताए । ६० प्रतिशत सेयरधनीको अख्तियारी (दाई)ले पटक–पटक वित्तीय विवरण माग गर्दा आलटाल गरेपछि कानुनअनुसार न्याय माग्न अदालत पुगेको शिवेन्द्रले बताए ।

बुद्ध एयरका सञ्चालक बस्नेतसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता

अहिलेसम्म अदालतमा दर्ता गरेको मुद्दाले कम्पनीको अपरेसनमा असर नपुग्ने बताए । आगामी दिनमा पनि कम्पनीको अपरेसनलाई असर पुग्ने गरी कुनै पनि कदम नचाल्ने उनको प्रतिक्रिया छ ।


विवाद कसरी सुरु भयो ?

विवादको मुुख्य कारण भनेको ‘पावर सेयरिङ इगो’ हो । बुद्ध एयर स्थापना गर्दा दाजुभाइको नाममा जम्मा १४–१४ प्रतिशत र बाँकी सेयर बुबा सुरेन्द्रको नाममा थियो । 

शिवेन्द्रले २०५६ सालमा आफ्नो नाममा रहेको १४ प्रतिशत सेयर बेचेर कम्पनीबाट बाहिरिए । त्यसपछि बुबा सुरेन्द्रको नाममा ८० प्रतिशत र जेठा छोरा वीरेन्द्रको नाममा २० प्रतिशत सेयर कायम गरियो ।
यसबीचमा शिवेन्द्रको बुद्ध एयरसँग संलग्नता रहेन ।

बुबा सुरेन्द्रले आफ्नो नाममा रहेको सेयर (८० प्रतिशत) दुवै छोरालाई बराबर भाग लाग्ने व्यवस्था गरिदिएका थिए । सुरेन्द्रको नाममा रहेको ८० प्रतिशत सेयर उनको निधनपछि दुवै छोराहरूको नाममा सारियो ।

सेयर नामसारी गर्ने बेलामा शिवेन्द्र विदेशमा रहेका कारणले उनकी श्रीमती र छोराछोरीको नाममा ४० प्रतिशत सेयर कायम गरिएको थियो । अहिले बुद्ध एयरमा दाजु वीरेन्द्रको नाममा ६० प्रतिशत र शिवेन्द्रको परिवारको नाम ४० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

उक्त सेयर स्वामित्वअनुसार दाजुभाईबीचमा ‘पावर सेयरिङ’ मा कुरा नमिल्दा विवाद सार्वजनिक भएको हो ।  शिवेन्द्रले कम्पनीमा ४० प्रतिशत हकवाला पनि निर्णायक तहमा हुनुपर्ने, एकलौटी गर्न नहुनेलगायतका माग दाईसँग राखे । तर त्यसको सुनुवाई नभएको कारणले अदालतसम्म पुग्नुपरेको शिवेन्द्रको प्रतिक्रिया छ ।

‘लाभांश हिनामिना’ मा बुद्ध एयरका सञ्चालकसहित पाँचजनाविरुद्ध दोस्रो मुद्दा दायर

शिवेन्द्रले गत वैशाख २७ गते पत्रकार सम्मेलन नै गरेर ४० प्रतिशत सेयरधनीको हक खोसिएको बताउँदै कायम गर्न माग गरेका थिए । 

उनले त्यतिमात्र नभएर बहुमत सेयरधनीको आधारमा दाजु वीरेन्द्रबहादुर बस्नेतले कम्पनीमा एकलौटी रुपमा काम गर्दै आएकोसमेत आरोप लगाए । बहुमतको आधारमा ४० प्रतिशत सेयरधनीलाई बेवास्ता गरेर अघि बढेको शिवेन्द्रको आरोप छ ।

त्यस्तै बुद्ध एयरले शिवेन्द्रसँग सम्बन्ध नरहेको बताएको छ । तर शिवेन्द्रले आफ्नो परिवारको नाममा ४० प्रतिशत सेयर स्वामित्व रहे पनि आफूलाई कम्पनीले गरिरहेको काम कारबाहीबारे कुनै जानकारी नदिइएको गुनासो गर्दै आएका छन् । 

कम्पनीको आर्थिक अवस्था तथा आगामी योजनाहरूबारे सोधपुछ गर्दा कुनै हिसाब–किताब नदिएको उनको भन्दै उच्च अदालत पाटनमा मुद्दा दर्तासमेत गरेका छन् । आफूलाई हिसाब नदिइएकाले कम्पनीमा आर्थिक अनियमितता भएको हुन सक्ने उनको आशंका छ । 


कानुनअनुसार हिसाब माग्दा नदिइनुले त्यही देखिएको उनको दाबी छ ।  उनले नौ वटा एअरक्राफ्ट ९०० डी बेच्दा र विभिन्न मितिमा १७ वटा एटीआर विमान खरिद गर्दा ४० प्रतिशतको हिस्सेदारसँग कुनै छलफल नगरेको बताएका छन् ।

शिवेन्द्र लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।  उनले आफू अमेरिकामा बस्न थालेपछि बुद्ध एयरमा संलग्न नरहेकोसमेत बताए ।  तर आफ्नो परिवारका सदस्यको नाममा ४० प्रतिशत सेयर रहेको उनको भनाइ छ ।

उनले लाभाशंमा समेत हिनामिना गरेको भन्दै उच्च अदालत पाटनमा दोस्रो मुद्दासमेत दर्ता गरेका छन् ।

यता बुद्ध एयरले भने ३५ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने तीन जना सेयरधनीहरू अर्थात् अर्चना बस्नेत, शिवानी बस्नेत र आदर्शबहादुर बस्नेतले कम्पनी ऐन, २०६३ को दफा १४६ र १४७ को अधिकार प्रयोग गर्ने सम्बन्धमा विभिन्न पटक पत्राचारहरु आदानप्रदान भई मिति २०७९–१२–१५ गतेको लागि कागजात तथा अभिलेख निरीक्षण गर्न तथा आर्थिक विवरण लिनका निम्ति समय निर्धारण भएको अवस्थामासमेत कुनै पनि सेयरधनीहरु वा प्रतिनिधि उपस्थित हुन नआएको जनाएको थियो । 

मिति २०७९–१२–२४ गतेका दिन शिवेन्द्र बस्नेतले आफुसँग दुईजना कानुन व्यवसायी तथा एक जना लेखापरीक्षकसमेत कम्पनीको रजिष्टर्ड कार्यालयभित्र प्रवेश गरी गरेर विभिन्न काल्पनिक आरोप लगाएर झुट्ठा, बनावटी कुराहरु सुनाई कानुन प्रतिकूल माग राखेको जनाएको थियो । 
 
बुद्ध एयरले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको थियो, “समूह ‘क’ र समूह ‘ख’ बाट समानान्तर दुईवटा व्यवस्थापन संचालन गर्ने, नत्र भए कम्पनीलाई ‘लिक्यूडेशन’मा लगी ४० प्रतिशत सेयर बराबरको सम्पत्ति लगी छुट्टै वायुसेवा कम्पनी सञ्चालन गर्ने मागहरु राखी निज शिवेन्द्र बहादुर बस्नेतले व्यक्त गर्नु भएको ‘अडियो’ कम्पनीसँग सुरक्षित रहेको छ ।”


अदालतसम्म कसरी पुग्यो
शिवेन्द्रले आफ्नो तीनवटा माग राखेका थिए । कम्पनीमा ४० प्रतिशत सेयरधनीको प्रतिनिधित्व हुर्ने,  २०७५ सालदेखि हालसम्मको कम्पनीको वित्तीय विवरण पाउनु पर्ने लगायत थिए । जसमा ६० प्रतिशतको प्रबन्ध सञ्चालक हुँदा ४० प्रतिशतको प्रबन्ध निर्देशक नियुक्त हुनुपर्ने माग थियो । 

कर्मचारी नियुक्त गर्दा ४० प्रतिशत सेयरधनीको पनि प्रतिनिधित्व हुनपर्ने र जहाज खरिद गर्दा होस् वा कम्पनीमा हुने हरेक गतिविधिको बारेमा ४० प्रतिशत सेयरधनीको संलग्नता हुनपर्ने माग राखेको शिवेन्द्रले बताउँदै आएका छन् ।

त्यसमा पनि प्रबन्ध निर्देशक छोरीलाई नियुक्त गर्नुपर्ने शिवेन्द्रको थियो । उक्त विषयमा ६० प्रतिशत सेयर धनी वीरेन्द्रबहादुर बस्नेतले वास्तै नगरेको शिवेन्द्रको भनाई छ । कानुनअनुसार आर्थिक विवरण माग गर्दा पनि नपाएको शिवेन्द्रले बताएका छन् । त्यसमा कम्पनीले कुनै पनि चासो नदिएपछि दाजुभाइको विवाद हाल अदालतमा पुगेको छ । 

मुद्दामा के छ ?

उनले कम्पनीका प्रवन्ध सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहित पाँचजनाविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता गरेका छन् ।  उनले बस्नेतसहित सुनिता बस्नेत, आरजु बस्नेत, आस्था बस्नेत र कम्पनीका वित्तीय अधिकृत रमेश लुइँटेलविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका हुन् ।

कम्पनीको आर्थिक अवस्था तथा आगामी योजनाहरूबारे सोधपुछ गर्दा कुनै हिसाब–किताब नदिए र ४० प्रतिशत सेयरधनीले त्यसको विवरण पाउनु पर्ने माग राख्दै पहिलो मुद्दा दर्ता गरेका छन् । 
 
शिवेन्द्रले २०७४–०७५ देखि हालसम्मको वित्तीय विवरण माग गरेको तर त्यसको विवरण नपाएको भन्दै दोस्रो मुद्दा दायर गरेका हुन् ।  उनीहरू विरुद्ध ४० प्रतिशत सेयरधनीको अख्तियारी लिएर भाइ शिवेन्द्रबहादुरले मुद्दा दायर गरेका हुन् ।

उनले आर्थिक वर्ष २०७५ देखि  अहिलेसम्मको पनि लाभांश हिनामिना गरेको भन्दै मुद्दा दर्ता गरेका छन् । बुद्ध एयरमा अहिले १७ वटा एटीआर विमान छन् । उक्त कम्पनीमा हाल १५ सय कर्मचारीलाई रोजगार दिँदै आएको छ । 

वार्षिक २५ लाख नेपाली यात्रुहरुलाई उडान सेवा प्रदान गर्दै आइरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro