site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दुई दशक लामो क्रिकेट करियरबाट ज्ञानेन्द्रको विश्राम
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लले शुक्रबार सबैखाले क्रिकेटबाट सन्न्यासको घोषणा गरे । ज्ञानेन्द्रले ३२ वर्षको उमेरमा राष्ट्रिय टिमको करिब दुई दशक लामो करियर टुंग्याउने निर्णय गरे । उनले सन् २००५ मा यू–१५ क्रिकेटदेखि नेपाली टिमको प्रतिनिधित्व गरेका थिए । 

पछिल्लो समय मैदानमा स्वाभाविक लय भेटाउन संघर्ष गरिहेका ज्ञानेन्द्रलाई सम्भवतः टिममा ठाउँमात्र लिएर राख्नु उचित लागेन । र, उनले यो कुरा सन्न्यासका क्रममा लुकाउन पनि चाहेनन् । 

“जन्मपछि मुत्यु अवश्यम्भावी छ । क्रिकेटमा पनि कुनै समय मैले कसैलाई रिप्लेस गरेका थिए होला, यो मेरो समय हो । त्यसैले मैले आज मेरो अन्तर्राष्ट्रिय क्रिकेटको यात्रालाई विराम लगाउने र एउटा फरक यात्रा आरम्भ गर्ने निर्णय लिएको छु,” सन्न्यासका क्रममा ज्ञानेन्द्रले भने, “प्लाइउडमा लिस्टी ठोकेर बनाएको ब्याट, पत्रिका पानीमा भिजाएर रबर बेरेर बनाएको बल खेल्दा खेल्दै राष्ट्रिय टिममा जोडिएको पनि झन्डै दुई दशक भइसकेछ । १८ वर्षसम्म चन्द्र सूर्य अंकित जर्सी लगाएर देशको प्रतिनिधित्व गर्ने अवसर पाएँ, उपकप्तान र कप्तानको भूमिकामा रही देशको झन्डा काँधमा बोकेर नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

Gyanendra Malla (4)1691161466.JPG

‘तपाईंको पत्रमा सन्न्यास लिएको भन्ने आएन । आजैबाट सन्न्यास हो ?' भन्ने प्रश्नमा ज्ञानेन्द्रले ‘आजैबाट सन्न्यासको घोषणा गर्दछु’ भन्दै स्पष्ट पारेका थिए । सन्न्यास घोषणका क्रममा भावुक बनेका ज्ञानेन्द्रले आँशु लुकाउन ठुलै कसरत गरिरहेका थिए ।

Global Ime bank

करियरलाई नियाल्दा

मल्लले सन् २००५ मा यू–१५ बाट राष्ट्रिय टिममा ‘डेब्यू’ गरेका थिए । त्यसपछि उनले यू–१७, यू–१९ हुँदै राष्ट्रिय टिमसम्मको यात्रा तय गरे । उनी सन् २००६ देखि नै राष्ट्रिय क्रिकेट टिमको सदस्य बनेका थिए । तर, उनले सन् २०१२ मा दुबईमा हङकङविरुद्धको खेलबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरे । त्यसयता उनी एक दशक टिमको महत्त्वपूर्ण सदस्य बने । सन् २०१४ मा नेपाली टिमले पहिलो पटक ट्वान्टी–२० विश्वकपमा स्थान बनाउँदा उनी टिमका प्रमुख सदस्य थिए । त्यसबेला उनी नेपाली टिमको उपकप्तानको जिम्मेवारीमा थिए ।  

Gyanendra Malla (6)1691161463.JPG

यस्तै, नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गर्दा पनि ज्ञानेन्द्र टिमको महत्त्वपूर्ण सदस्य थिए । लामो समय उपकप्तानको भूमिका निभाएका ज्ञानेन्द्रले दुई वर्ष कप्तानी जिम्मेवारी पनि निभाए । उनले २०७६ को कार्तिकदेखि २०७८ मंसिरसम्म नेपाली टिमको कप्तानी सम्हालेका थिए । तर, क्यानसँगको केन्द्रीय सम्झौतामा मतभेद भएपछि उनको कप्तानी जिम्मेवारी खोसिएको थियो ।

ज्ञानेन्द्रले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुल ४५ खेलमा नेपालको प्रतिनिधित्व गरे । त्यसमध्ये ३९ इनिङ्स खेलेका ज्ञानेन्द्रले एक शतक र दुई अर्धशतकसहित ८८३ रन बनाएका छन् । उनले सन् २०२२ मा केन्याविरुद्ध नौरबीमा नेपालका लागि अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३७ खेल खेलेका ज्ञानेन्द्रले सात अर्धशतकसहित ८७६ रन र एक विकेट लिएका छन् ।

पारससँगको संयोग

ज्ञानेन्द्र र पारसले सन् २००६ देखि नै राष्ट्रिय टिमबाट एकसाथ क्रिकेट खेल्न थालिसकेका थिए । यी दुई जोडीको यात्रा सन् २०२१ सम्म अनवरत रह्यो । तर, २०२१ मा पारसले अप्रत्यासित रूपमा राष्ट्रिय टिमबाट सन्न्यासको घोषणा गरे । 

पारस र ज्ञानेन्द्रको सन्न्यासले पनि एक गज्जबको संयोग बनाएको छ । पारसले दुई वर्षअघि आजकै दिन सन्न्यासको घोषणा गरेका थिए । त्यसको दुई वर्षपछि ज्ञानेन्द्रले पनि सन्न्यासका लागि साउन १९ गते नै रोजे । ज्ञानेन्द्रको सन्न्यासपछि उनलाई आगामी यात्राको सुभकामना दिनेमा पनि पारस पहिलो बने । 

Gyanendra Malla (1)1691161465.JPG

“ज्ञानेन्द्र मल्ललाई नेपाली क्रिकेटमा पुर्‍याउनुभएको योगदानप्रति हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्न चाहन्छु । एक च्याम्पियन क्रिकेटर, योद्धा र उत्कृष्ट सहकर्मी । गर्वका साथ राष्ट्रको सेवा गर्नुभएकोमा र सबैभन्दा महत्त्वपूर्ण कुरा वर्षौं वर्षसम्म समर्पण, स्थिरता र निस्वार्थताका साथ सबै प्रयासहरू गर्नुभएकोमा ज्ञानुलाई बधाई छ,” पारसले सामाजिक सञ्जालमा लेखेका छन् ।

“तपाईंसँग ड्रेसिङ रुम सेयर गर्न पाउनु एक सम्मान र सुअवसर थियो र हामीले नेपाली क्रिकेट र क्रिकेटरहरू हुर्केको देखेको वर्षौंदेखि बोकेका सम्झनाहरू कहिल्यै मेटिने छैनन् । निकट भविष्यमा यस देशका युवा महत्त्वाकांक्षी क्रिकेटरहरूको सपना साकार पार्न तपाईंको ठुलो भूमिका छ । तपाईं, तपाईंको परिवार र तपाईंको लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्ने सबैलाई मेरो शुभकामना र कृतज्ञता ।”

Gyanendra Malla (10)1691161462.JPG

सन्न्यासअघि हामीलाई जानकारी थिएन : क्यान

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दूर्गाराज पाठकले भने ज्ञानेन्द्रले सन्न्यासअघि संघमा कुनै जानकारी नदिएको बताए । 

“बल्ल थाहा भएको छ । सन्न्यासअघि हामीलाई केही जानकारी थिएन । दिउँसो मिडियामा आइपछि हामीलाई मेल आएको थियो,” कार्यवाहक सचिव पाठकले बाह्रखरीसँग भने, “दिउँसो २ बजेर १४–१५ मिनेटमा अन्तर्राष्ट्रिय करियरबाट सन्न्यास लिएको भनेर इमेल आएको थियो । त्यसअघि आधिकारिक जानकारी थिएन । हामीले पनि मिडियाबाट थाहा पाएका हौँ ।”

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  २०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC