site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पर्यटक बढ्दा पनि चलायमान छैन अर्थतन्त्र 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ (कोरोना) महामारीको चपेटामा परेको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिन थालेको छ । कोरोना नियन्त्रणका लागि विश्वभर गरिएको लकडाउनको असर सबैभन्दा धेरै परेकोमध्ये पर्यटन क्षेत्र पनि एक हो । जसले गर्दा सन् २०२० र २०२१ नेपालसहित विश्वको पर्यटन क्षेत्रले ठुलो क्षति बेहोरियो ।

महामारी नियन्त्रण हुँदै गएपछि विस्तारै पर्यटन क्षेत्र लयमा फर्किन थाल्यो । नेपालको पर्यटन क्षेत्र पनि अहिले पुनरुत्थानको बाटोमा छ । कोरोना महामारीअघि सन् २०१९ मा नेपालमा साढे १२ लाख पर्यटक नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ । 

सन् २०२२ मा साढे ६ लाख पर्यटन नेपाल भित्रिएका थिए । सन् २०२० र २०२१ ठप्प नै भयो । २०२३ मा पर्यटन आगमन लयमा पर्कने अपेक्षा लिइएको छ ।  बोर्डका तथ्यांक अनुसार २०२३ को जुलाईसम्म पाँच लाख ३४ हजार २०७ पर्यटक हवाई मार्गबाट भित्रिएका छन् । यो सन् २०१९ तुलनामा ९८.२ प्रतिशतले पुनरुत्थान भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

एक तिहाइमात्र उपयोग

हाल नेपालमा ठुला साना होटेल तथा गेस्ट हाउसको हिसाब गर्दा वार्षिक ३५ लाख पर्यटकलाई सुविधा दिन सक्ने क्षमता रहेको होटेल एसोसियसन नेपाल (हान)का अध्यक्ष विनायक शाहले बताए । शाहका अनुसार अहिले दैनिक १० हजार पर्यटकलाई सेवा दिनसक्ने होटेलको क्षमता छ ।

Global Ime bank

“हामीसँग वार्षिक ३५ लाख आन्तरिक तथा वाह्य पर्यटकलाई सुविधा दिनसक्ने होटेल तथा गेस्ट हाउस छन् । दैनिक १० हजारलाई सेवा दिन सक्छौँ,” शाहले बाह्रखरीसँग भने ।

पर्यटक आगमन लयमा फर्किए पनि होटेलको कुल क्षमताको एक तिहाइमात्र उपयोग भइरहेको अध्यक्ष शाहको भनाइ छ । जसले गर्दा सञ्चालन खर्च उठाउनसमेत मुस्किल पर्ने शाह बताउँछन् ।

“पर्यटन आगमन बढ्न त बढ्यो । तर, पर्यटन आगमन होटेल क्षेत्रमा लगानी अनुसार बढ्न सकेन । कुल क्षमताको एक तिहाइमात्र उपायोग भइरहेको छ । अहिलेको पर्यटन आगमन संख्याले हाम्रो सञ्चालन खर्च नै उठ्दैन ।”

तर, पर्यटकको संख्या बढेसँगै खुसी थपेको शाहले बताए । आर्थिक हिसाबमा भने सन्तुष्ट हुने अवस्था नभएको उनको भनाइ छ । 

“पर्यटकको संख्या बढ्यो । यसमा खुसी हुनपर्ने कुरा छ । तर, होटेलमा भएको लगानी अनुसार पर्यटक आगमन हुन सकिरहेको छैनन्,” शाहले भने, “पर्यटन क्षेत्रमा धेरै ठुलो लगानी भइसकेको छ । देशभर धेरै नयाँ होटेल बने र सञ्चालनमा आएका छन् । अब, सरकारले पर्यटक कसरी भित्र्याउने भन्ने विषयमा ध्यान दिनुपर्छ ।”

अपेक्षा अनुसार किन बढेनन् पर्यटक ?

सरकारले 'भम्रण वर्ष, २०२०' घोषणा गर्‍यो । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउले लक्ष्य सरकारको थियो । त्यसैका लागि सरकारले पर्यटन क्षेत्रमा लगानी गर्न आग्रहसमेत गरेको थियो । होटेल क्षेत्रमा लगानी बढ्यो । भ्रमण वर्षको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा कोरोना महामारीको कारण स्थगित भयो ।

उसको त सरकारले अझै पर्यटक भित्र्याउनका लागि नीति तथा कार्यक्रम बनाउन सकेको छैन । जसले गर्दा नेपालमा पर्यटकको संख्यामा उल्लेख्य मात्रा वृद्धि हुन नसकेको जानकारहरू बताउँछन् ।  अर्काेतर्फ धेरै पर्यठक भित्र्याउनका लागि पूर्वाधारको पनि अभाव छ । जसले गर्दा धेरै पर्यटक ल्याउन सक्ने अवस्था छैन । हवाई कनेक्टिभिटी बढाउन सकेमा थप पर्यटक ल्याउन सक्ने शाहले बताए । 

हाल नेपालको पर्यटन क्षेत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भरमा छ । उक्त विमानस्थल पनि अहिले साँघुरो भइसकेको छ । पर्यटक संख्या बढाउनका लागि गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सबै लाग्नुपर्ने शाह बताउँछन् । 

“पूर्वाधारको सीमितताको कारणले हामीले धेरै पर्यटक ल्याउन सक्ने अवस्था पनि छैन । काठमाडौं एयरपोर्टको भर हो । उक्त एयरपोर्ट अहिले नै साँघुरो भइसकेको छ,” शाहले भने, “नयाँ दुईवटा भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ । तर, अन्तर्राष्ट्रिय उडान सञ्चालनमा छैन ।”

खुला बजार अर्थतन्त्र अनुसार लगानी बढे पनि त्यसको सुनिश्चिता नहुँदा लगानी विस्थापित हुन सक्ने विज्ञहरूको धारण छ । अब नेपालमा धेरै पर्यटक भित्र्याउन सबै निकाय गम्भीर भएर लाग्र्ने सयममा आएको जानकारहरू बताउँछन् ।

सरकारले आर्थिक वर्षको २०८०/०८१ को बजेट वक्तव्यमा २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख पुर्‍याउने लक्ष्य लिएको छ ।  सरकारले ‘अतिथि देवो भव’ र ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ अभियान सञ्चालन गर्ने बताएको छ । ती अभियान सफल बनाउन सरकारसँग स्पष्ट योजना भने छैन ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय