site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बूढानीलकण्ठमा धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । धारिलो हतियार प्रहारबाट काठमाडौंमा एक महिलाको मृत्यु भएको छ । बूढानीलकण्ठ नगरपालिका–४, भसन्थलीमा बस्दै आएकी सप्तरीकी ३८ वर्षीया अनिता चौधरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बूढानीलकण्ठ–४ मै बस्दै आएका ५२ वर्षीय गौरासिंह बोहराले गएको आइतबार राति धारिलो हतियारले प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको थियो । उपचारका क्रममा गए राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आरोपित बोहरालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro