site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेन युद्ध : रुसी आक्रमणमा बालिकासहित ६ जनाको मृत्यु

काठमाडौं । युक्रेनी सहर क्रिभि रिहमा रुसी मिसाइल आक्रमणमा परी १० वर्षीया बालिका र उनकी आमासहित कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

सोमबार बिहानै एउटा आवासीय अग्लो भवनमा मिसाइल प्रहार हुँदा २५ बालबालिकासहित ७५ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

Dabur Nepal
NIC Asia

क्षेत्रीय गभर्नर सेर्ही लिसाकले बेपत्ता भएकाहरूका लागि एक दिन शोकको घोषणा गरेका छन् । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृह सहर, क्रिभि रिह रुसी हमलाहरूको लागि लगातार लक्ष्य भएको छ ।

जुनमा, रुसले नागरिक भवनहरूमा 'ठूलो मिसाइल आक्रमण' गरेपछि सहरमा ११ व्यक्तिको मृत्यु भयो र २८ अन्य घाइते भएका थिए । पछिल्लो आक्रमणमा चारदेखि १७ वर्षका बालबालिकासहित दर्जनौं मानिसहरू अस्पतालमा भर्ना भएका थिए ।

राष्ट्रपति जेलेन्स्कीले सोमबार बिहानै आवासीय अपार्टमेन्ट ब्लक र विश्वविद्यालयको भवनमा एक जोडी मिसाइल प्रहार भएको बताए ।

राष्ट्रपति जेलेन्स्कीले पोस्ट गरेको भिडियोले देखाएको छ कि धेरै अग्लो भवनहरू पूर्ण रूपमा ध्वस्त भएको छ र संरचनामा ठूलो दाग छ । तर अधिकारीहरूले विष्फोटबाट करिब १५० जना जोगिन सफल भएको बताएका छन् । बीबीसी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  २३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro