देश
काठमाडौं । झापामा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् ।
१७ वर्षीया एक किशोरीको बलात्कार गरेको आरोपमा कनकाई नगरपालिका–९ का २३ वर्षीय प्रवास राजवंशीलाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।
गएको असार १८ गते राजवंशीले ती किशोरीको बलात्कार गरेको आरोप छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० १३:५०
प्रतिक्रिया दिनुहोस्